रौनियारको फिल्ममा निकिता र दयाहाङ
काठमाडौँ । दीपक रौनियारको निर्देशनमा बन्न लागेको फिल्म शो ‘राजागन्ज’ । फिल्मको मुख्य भूमिकामा सन् २०१७ की मिस नेपाल निकिता चाण्डक र अभिनेता दयाहाङ राई देखिने भएका छन् ।
निर्माण युनिटले फिल्मको मुख्य भूमिकामा निकिता र दयाहाङ फाइनल भएको जानकारी दिएको छ ।
यसअघि ‘हाईवे’ र ‘ह्वाइट सन’ निर्देशन गरेका रौनियारको यो फिल्म रामबाबु गुरुङले निर्माण गर्न लागेका हुन् । फिल्म पुलिस थ्रिलर कथामा बन्न लागेको हो ।
फिल्ममा निकिता र दयाहाङको अलवा आशा मंगराती, ऋचा शर्मा, पशुपति राई, विजय बराल, गौमाया गुरुङ, घनश्याम मिश्रा, आरती मण्डल र पुष्पा यादवको अभिनय रहनेछ ।
निर्माता गुरुङले निर्देशक रौनियार आफू फिल्म क्षेत्रमा काम गर्दादेखिकै साथी रहेको बताउँदै पहिलो पटक सहकार्य गर्ने अवसर जुरेको बताए ।
अभिनेता विराज भट्टद्वारा निर्देशित फिल्म ‘साङ्लो’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी निकिताको ‘राजागन्ज’ दोस्रो फिल्म हुनेछ । आदि फिल्मस् र बासुरी फिल्मस् प्रोडक्सनको प्रस्तुति रहने फिल्मको छायांकन आगामी साउन १२ गतेबाट हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण