शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कलाकारद्वय श्रेष्ठ र निरौलालाई रजत सम्मान, गिरीलाई पत्रकारिता पुरस्कार

आइतबार, १७ असार २०८०, २० : ४५
आइतबार, १७ असार २०८०

काठमाडौँ । अभिनेता अर्जुन श्रेष्ठ र हास्य अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई ‘छायाछवि रजत सम्मान’ प्रदान गरिने भएको छ । छायाछवि क्रियसनले आयोजना गर्न लागेको डि सिने अवार्ड २०७६/०७७ मा श्रेष्ठ र निरौलालाई उक्त सम्मान अर्पण गर्न लागिएको हो ।

यस्तै छायाछवि चलचित्र पत्रकारिता पुरस्कारबाट चलचित्र पत्रकार कुबेर गिरीलाई पुरस्कृत गरिने भएको छ । पुरस्कार तथा सम्मान समारोह असार १८ गते रसियन कल्चर सेन्टरमा आयोजना हुने आयोजक संस्थाका अध्यक्ष शान्ति प्रियले जानकारी दिए ।

सन् १९९१ को चलचित्र ‘सम्पत्ति’ बाट नेपाली चलचित्रमा अभिनय यात्रा सुरु गरेका श्रेष्ठले तीसभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् ।

त्यस्तै विभिन्न रेडियो तथा टेलिभिजन कार्यक्रमहरुमा काम गरेपछि सन् १९९७ को चलचित्र ‘नासो’बाट अभिनय क्षेत्रमा प्रवेश गरेकी निरौलाले दुई दर्जनभन्दा बढी चलचित्रमा अभिनय गर्नुको अलावा चलचित्र छक्का पञ्जाका बहुचर्चित ३  सिरिजलाई निर्देशन गरेकी छन् ।

बि.सं. २०५८ सालदेखि प्रभातकालिन दैनिकबाट पत्रकारिता सुरु गरेका गिरी निरन्तर रुपमा चलचित्र पत्रकारितामा सक्रिय छन् । चलचित्र पत्रकार संघ, नेपालको उपाध्यक्ष समेत रहेका गिरी विभिन्न दैनिक पत्रिका, टेलिभिजन हुँदै हाल रातोपाटी डटकममा आबद्ध छन् ।

यस्तै यसवर्ष कलाका विभिन्न माध्यमबाट नेपाली चलचित्र, गीतसंगीत, कला तथा साहित्यका क्षेत्रमा योगदान पु¥याएका कलासाधकहरुलाई पनि छायाछवि सम्मान अर्पण गरिने भएको छ । 

यसवर्ष अभिनेता तथा मोडल दीनेश के.सी., चलचित्र निर्देशक चेतनाथ दंगाल, चलचित्र निर्देशक समुन्द्र भट्ट, अभिनेत्री सानिया खान, प्राबिधिक प्रकाश मिश्र, मोडल रुपा राना, निर्माता तथा निर्देशक सन्तोष सुबेदी, गायिका मञ्जु थापा र गीतकार किरण केसी क्रोधीलाई छायाछवि सम्मान अर्पण गरिनेछ ।

वरिष्ठ कलाकार, लेखक तथा निर्देशक मोहन निरौला, निर्देशक राजेन्द्र उप्रेती, अभिनेत्री तथा लेखिका सोभिता सिम्खडा र संगीतकार सन्तोष श्रेष्ठ निर्णायक रहेको अवार्डको चलचित्र छनौट समिति निर्णायकका रुपमा निर्देशक तथा सम्पादक सुरेन्द्र पौडेल, मोडल मञ्जिता केसी, गायक तथा संगीतकार ओम सुनार, सम्पादक तथा कलरिष्ट जीवन थापा, मोडल सुदिप श्रेष्ठ र गायक तथा संगीतकार राज सागर रहेका छन् ।

समारोहमा २०७७ र ०७८ सालमा सार्वजनिक प्रदर्शनमा आएका चलचित्रबाट विभिन्न विद्यामा अवार्ड प्रदान गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप