कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई पोसाक हस्तान्तरण
मङ्गलबार, १९ असार २०८०, ०९ : ५३
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय दमकमार्फत झापा जिल्ला कमल गाउँपालिका–५ पाडाजुङ्गी स्थित श्री गुह्येश्वरी आधारभूत विद्यालयलाई सोमबार पोसाक हस्तान्तरण गरेको छ ।
उक्त विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरू भूमिहीन, बाढीपीडित, सुकुम्वासी, दलित, जनजाति, आदिवासी समुदायका भएका र आर्थिक अवस्था कमजोर भएका छात्रछात्राहरूलाई सो पोसाक निःशुल्क रूपमा वितरण गरिएको हो । बैंकको कोशी प्रदेशका प्रदेश प्रमुख खिमलाल भुसालले विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद खनाललाई उक्त पोसाकहरू हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा विद्यालयका अन्य शिक्षक, विद्यार्थी, स्थानीयका साथै बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण