शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

लोक तथा दोहोरीगीत प्रतिष्ठानद्वारा ८ लोकस्रष्टालाई  ‘सम्मानार्थ सदस्यता’ प्रदान

मङ्गलबार, १९ असार २०८०, १३ : ३७
मङ्गलबार, १९ असार २०८०

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले ८ जना लोकस्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ प्रदान गरेको छ । सोमबार  बिजी ब्याङ्क्वेट गोंगबुमा एक कार्यक्रमकाबीच प्रतिष्ठानले सम्मान सहित सदस्यता प्रदान गरेको हो ।

‘सम्मानार्थ सदस्यता’ प्राप्त गर्नेमा नन्द कृष्ण जोशी, प्रेमदेव गिरी, हरिदेवी कोइराला, कुमार बस्नेत, शम्भु राई, प्रेमराजा महत, कृष्ण गन्धर्व र रामप्रसाद खनाल रहेका थिए ।

कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्बर विरही गुरुङ, पूर्व अध्यक्ष तथा संरक्षक प्रजापति पराजुली, दुर्गा रायमाझी, पुरुषोतम न्यौपाने, चन्द्र शर्मा, सल्लाहकार नारायण रायमाझी उज्वलजंग ठकुरी, रामचन्द्र कोइराला, आरसी कोइराला, रमेश बाबु श्रेष्ठ, कृष्ण कँडेल, राधाकृष्ण पाठक, लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगर लगायतले सम्मान ‘सम्मानार्थ सदस्यता’ प्रदान गरे । गायिका हरिदेवी कोईराला अवस्थता र रामप्रसाद खनाल अमेरिकामा रहेकोले कार्यक्रममा सहभागी हुन सकेनन् ।

कार्यक्रममा सम्मानित गायक कुमार बस्नेत, शम्भु राई, प्रेमराज महत लगायतले सम्मानका लागि प्रतिष्ठानलाई धन्यवाद दिँदै आफ्नै घर ठानेको प्रतिष्ठानमा औपचारिक रूपमै भित्रिन पाउँदा खुसी मिलेको धारणा राखे ।

358153678_974009620310416_4491041188896630363_n

त्यस्तै प्रमुख अतिथि अम्बर विरही गुरुङले प्रतिष्ठानको वर्तमान कार्यसमितिले उल्लेख्य रचनात्मक काम गरेको र यसरी अग्रजलाई सम्मान गर्दै प्रतिष्ठानको ओझिलो परिवार बनाउन तल्लीन अध्यक्ष लगायत सिंगो कार्यसमितिलाई धन्यवाद दिए । 

पूर्व अध्यक्ष एवं संरक्षक प्रजापति पराजुली, दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, नारायण रायमाझीले प्रतिष्ठान र लोक गीतसंगीतको विषयमा धारणा राखेका थिए ।

गायक कृष्ण गन्धर्व र प्रेमदेव गिरीले गीत गाएर खुसी व्यक्त गरेको कार्यक्रममा सम्मानार्थ सदस्यहरूको कालजयी गीत गायक गायिका पशुपति शर्मा, रामजी खाँड, राधिका हमाल, कृष्ण रेउले, रमेशराज भट्टराई, पूर्णकला बिसी, शिरीष देवकोटा, जुना श्रीष, शान्ती श्री, रेशम निर्दोष लगायतले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले अग्रजको सम्मान हामीले नगरे कसले गर्ने भन्दै अग्रजको सम्मान बुवाआमा र भगवान्को सम्मान भएको बताइन् ।

लोक तथा दोहोरीगीत प्रतिष्ठानका थुप्रै सदस्यहरूको उपस्थिती कार्यक्रममा रहेको थियो ।

लोकस्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ वितरण निर्णय प्रतिष्ठानले केही अगाडि कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउँ ताङतिङमा भएको प्रतिष्ठानको केन्द्रीय कार्यसमितिको घुम्ती बैठकले गरेको थियो ।

उक्त बैठमा प्रतिष्ठानले अग्रज संगीतकार नारायण रायमाझीको ‘सांगीतिक साँझ’ समेत आयोजना गर्ने निर्णय गरेको थियो । रायमाझीको सांगीतिक साँझ आगामी भदौ महिनामा आयोजना हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप