शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा बैठकको शून्य समय : कसले के भने ?

मङ्गलबार, १९ असार २०८०, १४ : ३०
मङ्गलबार, १९ असार २०८०

काठमाडौँ । राष्ट्रियसभा सदस्य इन्दिरादेवी गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कुनै समय आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह दिल्ली जानुभएको भन्ने अभिव्यक्ति आपत्तिजनक रहेको बताएकी छन् ।  

मंगलबारको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै गौतमले प्रधानमन्त्री प्रचण्डको सो अभिव्यक्ति स्वतन्त्र र सार्वभौमसम्पन्न नेपालीका लागि आपत्तिजनक रहेको बताएकी हुन् । 

उनले प्रधानमन्त्रीको कुर्सिमा बसेर राष्ट्रिय स्वाभिमानमा आँच पु¥याउने अभिव्यक्ति दिन कसैलाई छुट नभएको बताइन् । उनले यो अभिव्यक्ति फिर्ता लिँदै संसद समक्ष आएर स्पष्ट पार्न माग गरिन् ।  

राष्ट्रियसभा सदस्य गोपाल भट्टराईले पूर्वी नवलपरासीका पाँच वटा गाउँपालिकामा बाढी, पहिरोका कारण विगत केही दिनदेखि सडक अवरुद्ध भएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।  

राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले विद्यालय कर्मचारीहरुको माग तत्काल सम्बोधन गर्न माग गरे । त्यस्तै सन् २०१९ देखि त्रिभुवन विश्वविद्यालयले सिएको समकक्षताको प्रमाणपत्र नदिँदा सिएहरु अलपत्र परेका भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।  

त्यस्तै राष्ट्रियसभा सदस्य तारामान स्वाँरले कैलालीस्थित शत्ति भन्सार कार्यालयमा तत्काल क्वारेन्टाइनको स्थापना गर्न माग गरे ।  

राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले तनहुँको बुद्धसिंह मार्गमा कालोपत्रे गर्न र पक्की पुल निर्माण गर्न सरकारसँग माग गरिन् । 

राष्ट्रियसभा सदस्य मृगेन्द्रकुमार सिंह यादवले धान रोपाईं चलिरहेको यो बेलामा किसानले युरिया र डिएपी मल नपाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।  

राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले बाढी, पहिरोबाट हुने जोखिमको रोकथामका लागि सरकारले बेलैमा ध्यान दिनुपर्ने बताइन् ।  

राष्ट्रियसभा सदस्य बिमला घिमिरेले नारायणघाट–मुग्लिन सडक खण्ड पहिरोका कारण अवरुद्ध हुने गरेको र यात्रा कष्टकर हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।  

राष्ट्रियसभा सदस्य शेखरकुमार सिंहले सप्तरीको बेलीही भन्सारमा क्वारेन्टाइन चेकपोष्ट राख्न माग गरे ।  

राष्ट्रियसभा सदस्य सुमित्रा बिसीले जुम्लामा अन्तरजातिय विवाह गरे वापत मुकुन्द नेपालीको घरमा आगजनी भएको भन्दै दोषि उपर कडाभन्दा कडा कारबाही गर्न माग गरिन् । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप