एलओडीका अर्का सञ्चालक रुदिल पनि पक्राउ
काठमाडौँ । काठमाडौँको ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) क्लबका अर्का सञ्चालक रुदिल बल्लब श्रेष्ठ पनि पक्राउ परेका छन् । ललितपुर प्रहरी परिसरले शुक्रबार बिहान ९ः३० बजे श्रेष्ठलाई कुपण्डोलबाट पक्राउ गरेको हो । गत जेठ ३० गते ठमेलको एलओडी क्लबमा पुगेकी १५ वर्षीय किशोरीको बलात्कार प्रकरणमा क्लबका सञ्चालकद्वय रुदिल श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध प्रहरीले पक्राउ पुर्जी लिएको थियो ।
यसअघि बिहीबार साँझ क्लबमा पुगेकी नाबालिग बलात्कृत घटनामा सञ्चालक राजुसिंह सुवाललाई पक्राउ गरिएको थियो । एलओडी क्लब पुगेकी १५ वर्षीया नाबालिगलाई पोखरा घर भएका ५० वर्षीय सुदन कोइरालाले ललितपुरस्थित आफ्नो फ्ल्याटमा लगेर गत जेठ ३१ गते बलात्कार गरेको प्रहरीमा जाहेरी परेको थियो । जेठ ३१ गते बिहान ४ बजे प्रहरीले नाबालिगलाई ललितपुरको एक फ्ल्याटबाट उद्धार गरेको थियो ।
ललितपुर प्रहरी परिसरका अनुसार पक्राउ परेका दुवैजनालाई बालबालिका सम्बनधी कसुरमा पक्राउ गरिएको हो । उमेर नपुगेको बालबालिकालाई क्लबमा प्रवेश दिएर उनीहरुमाथि अपराध भएकाले बालबालिकासम्बनधी कसुरमा उनीहरुलाई पक्राउ गरिएको हो ।
जेठ ३० गते राती क्लबमा पुगेकी किशोरीलाई क्लबमै पुगेका कोइरालाले त्यहाँबाट लिएर आफ्नो फ्ल्याटमा आएका थिए । फ्ल्याटमा आएपछि कोइरालाले बलात्कार गरेपछि नाबालिगले आफ्नो परिवारका सदस्यलाई फोन गरेपछि परिवारको सहयोगमा प्रहरीले बालिकालाई फोन आएको एक घण्टापछि उद्धार गरेको थियो । फरार रहेका कोइरालालाई भने सोही बिहान ९ बजे पक्राउ गरिएको ललितपुर प्रहरीका प्रमुख एसएसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
-
कर्णालीका ३३ पालिकाले ल्याए बजेट
-
मदन भण्डारी कप भलिबल: टिप टप न्यु डायमन्डलाई उपाधि
-
शोषणको मारमा 'गिग वर्कर'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण