बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

मदन भण्डारी कप भलिबल: टिप टप न्यु डायमन्डलाई उपाधि

बुधबार, १० असार २०८३, २३ : ४८
बुधबार, १० असार २०८३

काठमाडौँ । टिप टप न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।

मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा भएको उपाधि भिडन्तमा टिप टप न्यु डायमन्डले न्यु डायमन्ड एकेडेमीलाई २५–१६, २५–९ र २५–१० को सोझो सेटमा पराजित गर्‍यो ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा गणेश हिमाल तेस्रो भयो । गणेश हिमालले सरस्वती मावि, हेलम्बुलाई सीधा सेटमा २५–१८, २५–१६ र २५–१३ ले हरायो । शीर्ष चार स्थानमा रहने टिमले क्रमशः १ लाख, ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा टिप टप न्यु डायमन्डकी निशा महर उत्कृष्ट खेलाडी घोषित भइन् । निशाले १० हजार नगद पुरस्कार हात पारिन् ।

टिप टप न्यु डायमन्डकी जेनिशा विश्वकर्मा उत्कृष्ट स्पाइकर, सलिना गुरुङ उत्कृष्ट ब्लकर र कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए । न्यु डायमन्डकी गृष्मा गुरुङ उत्कृष्ट डिफेन्डर, नम्सार राना उत्कृष्ट सेटर र एलिशा श्रेष्ठ उत्कृष्ट सर्भर बने । विधागत उत्कृष्ट सबैले जनही ५ हजार नगद पुरस्कार पाए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष समेत रहेका आयोजक एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, प्रतियोगिता संयोजक एवं मदन भण्डारी स्पोर्ट्स एकेडेमी, बागमती प्रदेशका अध्यक्ष राम केसीलगयतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चार दिने प्रतियोगितामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप