बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
रास्वपा महाधिवेशन

मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि

बिहीबार, ११ असार २०८३, ०० : १६
बिहीबार, ११ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको निर्वाचनका लागि मतदान प्रक्रिया मध्यरातसम्म पनि सुरु हुन सकेको छैन ।
  • निर्वाचन आयोगले राति १०:३० बजेदेखि मतदान सुरु हुने जानकारी दिएको थियो ।
  • मध्यरात १२ बजेसम्म पनि मतदान सुरु नहुँदा महाधिवेशन प्रतिनिधिहरू राति ११ बजेदेखि नै लाइनमा बसेर प्रतीक्षारत छन् ।

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि मतदान प्रक्रिया अझै सुरु हुन सकेको छैन ।

निर्वाचन आयोगले बुधबार राति १०ः३० बजेदेखि मतदान सुरु हुने जानकारी दिएको थियो । यसअघि १० बजेका लागि तय गरिएको समय सारेर साढे १० पुर्‍याइएको थियो । तर, मध्यरात १२ बजे सक्दा पनि मतदान सुरु भएको छैन ।

मतदानका लागि महाधिवेशन प्रतिनिधिहरू राति ११ बजेदेखि नै लाइनमा बसेका छन् । मतदान सुरु हुने तयारीमा रहेको भनिए पनि प्रतिनिधिहरू लामो समयदेखि प्रतीक्षारत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप