बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

चाबहिल चोकमा जब यात्रुबाहक बस हिलोमा फस्यो (भिडियो)

शुक्रबार, २२ असार २०८०, २१ : ४३
शुक्रबार, २२ असार २०८०

काठमाडौँ । शुक्रबार साँझ साढे ६ बजे चावाहिल चोकमा कुनै गाउँ ठाउँको कच्चि बाटोमा बस फसेपछि ठेलिरहेको जस्तै दृश्य देखियो । रत्नपार्कबाट जोरपाटी–साँखु गइरहेको एउटा यात्रुबहाक बस चाबहिल चोकको हिलोमा फस्यो । गाडी फसेर सडकमा जाम बढ्न थालेपछि नजिकै रहेका ट्राफिक प्रहरी आइपुगे । ट्राफिक प्रहरी, सहचालक र सोही बसका केही यात्रीले बस धकेल्न खोजे तर सकेनन् । 

बस धकेलिरहेका ट्राफिक प्रहरी निरीक्षक नेत्रप्रसाद भट्टले सडक किनारमा रहेका बटुवाहरुलाई बोलाएर गाडी धकेल्न लगाए । १० जना हराहारी भएर बस धकेलेपछि बस बल्ल हिलोबाट बाहिर निस्कियो र गन्तब्यतर्फ लाग्यो ।  स्थानीयका अनुसार झन्डै १ महिनाअघि खानेपानीको पाइप फेर्न सो स्थानको पक्की सडक भत्काइएको थियो । त्यसयता सडक मर्मत नहुँदा हरेक दिनजसो गाडी फस्ने, बाइक पल्टने जस्ता घटना बढिरहेको उनीहरुले बताए ।

 सोही सडक छेउमा पसल सञ्चालन गर्दै आएका लक्ष्मीप्रसाद पौडेलले सो सडकमा गाडी फस्ने तथा मान्छे लड्ने अवस्था भएको बताए । यस्तै अर्का स्थानीय ध्रुब बुढाथोकीले सो सडकमुनि खानेपानीको पाइप फुटेको बताउँदै पाइपपनि राम्रोसँग मर्मत नभएको र सडक अलपत्र पारेको बताए । 
हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप