चाबहिल चोकमा जब यात्रुबाहक बस हिलोमा फस्यो (भिडियो)
काठमाडौँ । शुक्रबार साँझ साढे ६ बजे चावाहिल चोकमा कुनै गाउँ ठाउँको कच्चि बाटोमा बस फसेपछि ठेलिरहेको जस्तै दृश्य देखियो । रत्नपार्कबाट जोरपाटी–साँखु गइरहेको एउटा यात्रुबहाक बस चाबहिल चोकको हिलोमा फस्यो । गाडी फसेर सडकमा जाम बढ्न थालेपछि नजिकै रहेका ट्राफिक प्रहरी आइपुगे । ट्राफिक प्रहरी, सहचालक र सोही बसका केही यात्रीले बस धकेल्न खोजे तर सकेनन् ।
बस धकेलिरहेका ट्राफिक प्रहरी निरीक्षक नेत्रप्रसाद भट्टले सडक किनारमा रहेका बटुवाहरुलाई बोलाएर गाडी धकेल्न लगाए । १० जना हराहारी भएर बस धकेलेपछि बस बल्ल हिलोबाट बाहिर निस्कियो र गन्तब्यतर्फ लाग्यो । स्थानीयका अनुसार झन्डै १ महिनाअघि खानेपानीको पाइप फेर्न सो स्थानको पक्की सडक भत्काइएको थियो । त्यसयता सडक मर्मत नहुँदा हरेक दिनजसो गाडी फस्ने, बाइक पल्टने जस्ता घटना बढिरहेको उनीहरुले बताए ।
सोही सडक छेउमा पसल सञ्चालन गर्दै आएका लक्ष्मीप्रसाद पौडेलले सो सडकमा गाडी फस्ने तथा मान्छे लड्ने अवस्था भएको बताए । यस्तै अर्का स्थानीय ध्रुब बुढाथोकीले सो सडकमुनि खानेपानीको पाइप फुटेको बताउँदै पाइपपनि राम्रोसँग मर्मत नभएको र सडक अलपत्र पारेको बताए ।
हेर्नुहोस् भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक महिनामा ७६ हजारभन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर १५ जनालाई के–कति सजाय होला ?
-
बीपी प्रतिष्ठानबाट १० जना बिचौलिया पक्राउ
-
नागढुङ्गामा ६ टनभन्दा बढी अवैध कोइलासहित दुई जना पक्राउ
-
२५० करोड भारु माग्दै कंगना रनौतको ‘क्वीन २’ माथि मुद्दा
-
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण