बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

२५० करोड भारु माग्दै कंगना रनौतको ‘क्वीन २’ माथि मुद्दा

बुधबार, २४ असार २०८३, १३ : ५४
बुधबार, २४ असार २०८३

नयाँ दिल्ली । बलिउड अभिनेत्री कंगना रनौतको आगामी फिल्म ‘क्विन २’ फेरि विवादमा परेको छ । यस फिल्मविरुद्ध २५० करोड भारु माग गर्दै मुद्दा दायर भएको छ । २०१४ को सुपरहिट फिल्म क्वीन बनाउने कम्पनी फ्यान्टम स्टुडियोले बम्बई उच्च अदालतमा जियोस्टार विरुद्ध मुद्दा दायर गरेको हो । क्वीन २ आफूहरूको अनुमति नलिइकन बनाइएको स्टुडियोको आरोप छ ।

के हो सम्पूर्ण विवाद ?

सन् २०१४ मा क्वीन बनाउँदा एउटा सम्झौता भएको दाबी फ्यान्टम स्टुडियोले गरेको छ । यस सम्झौता अनुसार, यदि भविष्यमा फिल्मको सिक्वेल वा प्रिक्वेल बनाइयो भने, दुवै पक्ष (फ्यान्टम र जियोस्टार) को ५०% स्वामित्व अधिकार हुनेछ ।

यद्यपि, आफूहरूले क्वीन– २  बनाउन कुनै अनुमति नदिएको फ्यान्टमले दाबी गरेको छ । त्यसैले, उनीहरूले अदालतलाई फिल्मको रिलिजमा प्रतिबन्ध लगाउन र २५० करोड रुपैयाँ जरिवानाको माग गरेका छन् । गत वर्षको मे महिनादेखि उनीहरूले बारम्बार जियोस्टारलाई सम्पर्क गर्न खोजिरहेको तर कुनै प्रतिक्रिया नपाएको पनि फ्यान्टमले भनेको छ ।

के भन्छ जियोस्टार ?

यस विषयमा जियोस्टारले स्पष्ट पारेको छ । उनीहरू भन्छन् कि क्वीन २ कुनै फिल्मको सिक्वेल नभएको उनीहरूको भनाइ छ । जियोस्टारका अनुसार, यो पूर्णतया नयाँ र फरक कथा हो । यसको सन् २०१४ को फिल्म क्वीनसँग कुनै सम्बन्ध नरहेको र यसको कथा अनि पात्रहरू सो फिल्मसँग नजोडिएको बताइएको छ । क्वीन सामान्य अंग्रेजी शब्द भएको र यसमा कसैको पनि विशेष अधिकार नहुने उनीहरू भन्छन् ।

किन खास थियो क्विन ?

सन् २०१४ को फिल्म ’क्वीन’ विकास बहलले निर्देशन गरेका थिए भने यसको कथा अन्विता दत्तले लेखेकी थिइन् । फिल्मले सर्वश्रेष्ठ फिल्मको राष्ट्रिय पुरस्कार पनि जित्यो । यस फिल्मबाट अभिनेत्री कंगना रनौतले सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार पनि जितिन् । 

यो कम बजेटको फिल्म बक्स अफिसमा सफल भयो र दर्शकहरूले निकै मन पराए । अहिलेसम्म क्वीन २ को रिलिज मिति वा बाँकी स्टार कास्टबारे धेरै जानकारी बाहिर आएको छैन । तर विवादका कारण फिल्म चर्चा भने आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप