एकीकृत समाजवादीका नेता पाण्डेको निधन
शनिबार, २३ असार २०८०, ०८ : ३५
बुटवल । नेकपा (एकीकृत समाजवादी) पाल्पाका जिल्ला अध्यक्ष ५२ वर्षीय खिमानन्द पाण्डे (कमल)को निधन भएको छ । बगनासकाली गाउँपालिका–१, चिर्तुङधारा पिप्लेमा बस्दै आएका पाण्डेलाई हृदयघात भएपछि उपचारका लागि लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ अस्पताल प्रभास लैजाने क्रममा बाटोमै मृत्यु भएको एकीकृत समाजवादी निकट समाजवादी प्रेस सङ्गठनका जिल्ला अध्यक्ष पदम गैरेले जानकारी दिए ।
पाण्डेयको दुई छोरा र श्रीमती छन् । सरल र मृदुभाषी पाण्डेय एकीकृत समाजवादी गठन हुनु पूर्व एमाले उपसचिव थिए ।
उनी गत वर्ष सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा बगनासकाली गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार बनेका थिए । आजै काली गण्डकी नदीको राम्दीघाटमा पाण्डेयको अन्त्येष्टि गरिँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण