एकीकृत समाजवादीका नेता पाण्डेको निधन
शनिबार, २३ असार २०८०, ०८ : ३५

बुटवल । नेकपा (एकीकृत समाजवादी) पाल्पाका जिल्ला अध्यक्ष ५२ वर्षीय खिमानन्द पाण्डे (कमल)को निधन भएको छ । बगनासकाली गाउँपालिका–१, चिर्तुङधारा पिप्लेमा बस्दै आएका पाण्डेलाई हृदयघात भएपछि उपचारका लागि लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ अस्पताल प्रभास लैजाने क्रममा बाटोमै मृत्यु भएको एकीकृत समाजवादी निकट समाजवादी प्रेस सङ्गठनका जिल्ला अध्यक्ष पदम गैरेले जानकारी दिए ।
पाण्डेयको दुई छोरा र श्रीमती छन् । सरल र मृदुभाषी पाण्डेय एकीकृत समाजवादी गठन हुनु पूर्व एमाले उपसचिव थिए ।
उनी गत वर्ष सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा बगनासकाली गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार बनेका थिए । आजै काली गण्डकी नदीको राम्दीघाटमा पाण्डेयको अन्त्येष्टि गरिँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लयमा फर्किए मेस्सी र स्वारेज, कोलम्बसलाई हराउँदै तेस्रो स्थानमा उक्लियो इन्टर मियामी
-
‘नेक ब्लास्ट’ रोगले बोटमै सुक्यो धान
-
स्वास्थ्यमा गण्डकीको फड्को : १३ अस्पतालको स्तरोन्नति
-
मधेसमा बालविवाहको अन्त्यका लागि कानुन मात्रै पर्याप्त हुँदैन : मन्त्री सुडी
-
प्रदेश अस्पताल ५० शय्यामा स्तरोन्नति गरिँदै
-
यसपछि केही गर्दिन : आमिर खान