आठ घण्टापछि अवरुद्ध विद्युत् सेवा सञ्चालनमा
आइतबार, २४ असार २०८०, २१ : ५०
बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा अवरुद्ध भएको विद्युत् सेवा आठ घण्टापछि सञ्चालन भएको छ । डोटीको रुवसकाँडामा एक सय ३२ केभी प्रसारण लाइनको तार टुटेपछि बिहान ८ बजेदेखि विद्युत् सेवा अवरुद्ध भएको थियो ।
टुटेको तार अत्तरियाबाट आएको प्राविधिक टोलीले मर्मत गरेपछि आठ घण्टापछि सेवा सञ्चालन भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बैतडीका प्रमुख पवन भट्टले जानकारी दिए ।
“तार टुट्दा सुदूरपश्चिमका सात पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको थियो”, उनले भने, “तार टुटेको खबर पाएपछि प्राविधिक टोली परिचालन गरेर मर्मत गरिएको थियो । अहिले बिजुली सञ्चालन भइसकेको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
-
कर्णालीमा विपद् जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्यमञ्च गठन
-
बागमती सरकारलाई निजी अस्पतालको विवरण पेस गर्न निर्देशन
-
‘रातो किताब’ मा नभेटेपछि वडाध्यक्षले सांसदसँग मागे आफ्ना वडामा परेका योजनाका लिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण