रातोपाटीकर्मी शाहीसहित ३ जनालाई कर्णाली प्रदेश पत्रकारिता पुरस्कार
सुर्खेत । रातोपाटी डटकमका कर्णाली प्रदेश प्रतिनिधि पंखबहादुर शाहीसहित ३ जना पत्रकारलाई कर्णाली प्रदेश पत्रकारिता पुरस्कार–२०८० प्रदान गरिने भएको छ । पुरस्कारका लागि कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले पुरस्कारका लागि आइतबार तीन पत्रकारको नामावली प्रकाशन गरेको हो ।
दैलेखको ठाटीकाँध–१ का शाही अहिले प्रदेश राजधानी वीरेन्द्रनगरमा रहेर पत्रकारिता गर्छन् । पुरस्कार पाउनेमा ग्यालेक्सी फोरके टेलिभिजनका दैलेख संवाददाता भक्तबहादुर शाही र अन्नपूर्ण पोष्ट दैनिकका संवाददाता हिक्मत नेपाली पनि रहेका छन् । उनीहरुलाई जनही ५० हजार राशीको पुरस्कार र प्रमाण–पत्रसहित पुरस्कृत गरिने मन्त्रालयले कानुन मन्त्रालयले जनाएको छ ।
कर्णाली प्रदेश पत्रकारिता पुरस्कार वितरण कार्यविधि–२०८० बमोजिम मन्त्रालयले असार १५ गते पुरस्कारका लागि आवेदनको सूचना प्रकाशित गरेको थियो ।
उक्त सूचनामा तोकिएको म्यादभित्र मन्त्रालयको विद्युतीय प्रणालीमा दर्ता हुन आएका आवेदनहरुको कार्यविधि अनुसार मूल्याङ्कन गरि तीन जना पत्रकारको नाम छनौट गरेको कानुन मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेश पत्रकारिता पुरस्कार–२०८० बाट पुरस्कृतका लागि आइतबार बसेको मन्त्रीस्तरीय निर्णयअनुसार पत्रकारहरुको नामावली तयार पारिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थप २० जापानी फर्म चीनको कालो सूचीमा
-
सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख
-
जातीय भेदभाव हटाउन सांसदकाे माग
-
गृहमन्त्रीको निर्देशन– मेरो गाडीको कालो सिसा पनि हटाउनुस्
-
मनसुन सक्रिय भएसँगै लुम्बिनीका किसान रोपाइँमा व्यस्त
-
ई-पासपोर्ट छपाईमा अनियमितता : महानिर्देशक अर्यालसहित सात जनाको थुनछेक बहस सकियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण