मनसुन सक्रिय भएसँगै लुम्बिनीका किसान रोपाइँमा व्यस्त
सारांश
- मनसुन सक्रिय भएसँगै लुम्बिनी प्रदेशका किसानहरू धान रोपाइँमा व्यस्त भएका छन् ।
- प्रदेशभर ६३ हजार ९७० दशमलव ५७ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ, जुन कुल रोपाइँयोग्य क्षेत्रको २० दशमवल ८ प्रतिशत हो ।
- नवलपरासी पश्चिम क्षेत्रफलका आधारमा सबैभन्दा अगाडि छ भने प्रतिशतका आधारमा प्युठान प्रदेशकै पहिलो जिल्ला बनेको छ ।
बुटवल । लुम्बिनी प्रदेशमा मनसुन सक्रिय भएसँगै किसानहरू धान रोपाइँमा व्यस्त बनेका छन् । पर्याप्त वर्षापछि प्रदेशका १२ वटै जिल्लामा धान रोपाइँले गति लिएको छ भने पछिल्ला केही दिनमा रोपाइँको प्रतिशत थप बढेको कृषि अधिकारीहरूले बताएका छन् ।
प्रदेश कृषि विकास निर्देशनालयका अनुसार असार १२ गतेसम्म प्राप्त जिल्लागत विवरणअनुसार प्रदेशभर धान खेतीयोग्य ६ लाख ७९ हजार ६१३ हेक्टर क्षेत्रफलमध्ये करिब ३ लाख ७ हजार ३६२ हेक्टर क्षेत्रमा धान रोप्न योग्य अवस्था रहेको छ । तीमध्ये ६३ हजार ९७० दशमलव ५७ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ, जुन कुल रोपाइँयोग्य क्षेत्रको २० दशमवल ८ प्रतिशत हो ।
निर्देशनालय प्रमुख रामप्रसाद पाण्डेयले जिल्लाबाट प्रत्येक शुक्रबार अद्यावधिक विवरण आउने भएकाले हाल सार्वजनिक गरिएको तथ्याङ्क असार १२ गतेसम्मको भएको बताए । उनका अनुसार त्यसयता असार १३, १४ र १५ गते परेको वर्षाका कारण अधिकांश जिल्लामा रोपाइँको प्रतिशत उल्लेख्य रूपमा बढेको रातोपाटीलाई बताए । हिजो र आज राम्रो वर्षा भएका कारण सबै जिल्लामा थोरै–धेरै रोपाइँ थपिएको उनले खुलाए ।
नवलपरासी पश्चिम क्षेत्रफलमा अगाडि, प्युठान प्रतिशतमा पहिलो
प्रदेशका कृषि प्रचार अधिकृत नवीन गैरेका अनुसार तराईका जिल्लामा रोपाइँले तीव्र गति लिइरहेको छ भने केही पहाडी जिल्लामा पर्याप्त वर्षा नहुँदा र खेत तयारी नसकिँदा अपेक्षाकृत सुस्त देखिएको छ । प्रदेशको तथ्याङ्कअनुसार नवलपरासी पश्चिम क्षेत्रफलका आधारमा सबैभन्दा अगाडि रहेको छ । जिल्लामा २० हजार ८५७ हेक्टर धान क्षेत्रमध्ये १० हजार ४३४ दशमवल ५ हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ, जुन ५० प्रतिशत हो ।
यद्यपि प्रतिशतका आधारमा भने प्युठान प्रदेशकै पहिलो जिल्ला बनेको छ । प्युठानमा ५ हजार ४३५ हेक्टर धान क्षेत्रमध्ये २ हजार ९७३ हेक्टरमा रोपाइँ सम्पन्न भई ५५ प्रतिशत प्रगति हासिल भएको छ । त्यसपछि रूपन्देहीमा ६३ हजार ५५० हेक्टर धान क्षेत्रमध्ये २७ हजार ३३६ दशमवल ५ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । यहाँ रोपाइँ ४३ प्रतिशत पुगेको छ ।
रोल्पामा ३० हजार ७७३ हेक्टर धान क्षेत्रमध्ये १२ हजार ३० हेक्टरमा रोपाइँ सम्पन्न भई ४० प्रतिशत प्रगति भएको छ । बर्दियामा ५० हजार १५० हेक्टर धान क्षेत्रमध्ये ९ हजार ६८५ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ, जहाँ प्रगति १९ दशमवल ३१ प्रतिशत पुगेको छ ।
त्यस्तै दाङमा ३६ हजार २०० हेक्टर धान क्षेत्रमध्ये ५ हजार ४३० हेक्टरमा रोपाइँ सम्पन्न भई १५ प्रतिशत प्रगति भएको छ ।
पहाडी जिल्लामा अझै सुस्त
पहाडी जिल्लामध्ये अर्घाखाँचीमा ६ हजार ५६० हेक्टर धान क्षेत्रमध्ये ७५७ दशमवल १७ हेक्टरमा रोपाइँ सम्पन्न भई ११ दशमवल २ प्रतिशत प्रगति भएको छ । रुकुम पूर्वमा ५५४ हेक्टर धान क्षेत्रमध्ये ५५ दशमवल ४ हेक्टरमा रोपाइँ सम्पन्न हुँदा १० प्रतिशत प्रगति भएको छ ।
गुल्मीमा ६ हजार ५४१ हेक्टर धान क्षेत्रमध्ये ४५७ दशमवल ६७ हेक्टरमा रोपाइँ सम्पन्न भई ७ प्रतिशत प्रगति भएको छ भने पाल्पामा ३७ हजार ५६७ हेक्टर धान क्षेत्रमध्ये १ हजार ५९१ दशमलव ८५ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भई ४ प्रतिशत प्रगति भएको छ ।
तराईका केही जिल्लामा अझै कम प्रगति
कपिलवस्तुमा ६६ हजार २६५ हेक्टर धान क्षेत्रमध्ये १ हजार ५० हेक्टरमा मात्रै रोपाइँ सम्पन्न भएको छ, जसले १ दशमलव ५८ प्रतिशत प्रगति देखाएको छ ।
सबैभन्दा कम प्रगति भने बाँकेमा देखिएको छ । जिल्लामा ३३ हजार ८५० हेक्टर धान क्षेत्रमध्ये १६८ ।९ हेक्टरमा मात्रै रोपाइँ सम्पन्न भएको छ, जुन ० दशमवल ५ प्रतिशत मात्र हो । यो जिल्ला अहिलेसम्म कम हुनुमा सिचाई अभाव र आकासे पानि नपर्नु रहेको कृषि अधिकारीहरू बताउँछन् ।
वर्षासँगै रोपाइँले थप गति लिने अपेक्षा
लुम्बिनी प्रदेशमा शनिबारदेखि केही स्थानमा वर्षा हुन थालेको छ। खासगरी पहाडी जिल्लाका अधिकांश खेत आकाशे पानीमा निर्भर रहने भएकाले वर्षा भएपछि खोला तथा मूलको पानी बढ्ने र त्यससँगै धान रोपाइँ गर्ने गरिन्छ । अहिले पनि वर्षा सुरु भएसँगै रोपाइँ गर्ने क्रम बढ्न थालेको प्रदेशका कृषि प्रसार अधिकृत नवीन गैरेले रातोपाटीलाई बताए ।
यस्तै, तराईका जिल्लामा भने सिँचाइ सुविधा भएका तथा मोटर प्रयोग गरेर सिँचाइ गर्न सकिने क्षेत्रमा धान रोपाइँ भइरहेको छ । पछिल्ला केही दिनयता प्रदेशका अधिकांश जिल्लामा पर्याप्त वर्षा हुन थालेकाले आगामी एक साताभित्र रोपाइँको गति उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ ।
विशेषगरी तराईका जिल्लामा सिँचाइ सुविधा भएका क्षेत्रमा रोपाइँ तीव्र गतिमा अघि बढिरहेको छ भने वर्षामा निर्भर पहाडी जिल्लामा वर्षाको नियमिततासँगै रोपाइँ विस्तार हुने विश्वास गरिएको उनले बताए ।
_ebij50CWbB.jpg)
_XNSvlb42Vk.jpg)
_6zaltt7HZ0.jpg)
_xNfaHPeaw1.jpg)
_E5wumQmcNZ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
-
जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
-
प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
-
एकोहोरो दबाब दिन थालेपछि पेलेर अघि बढ्ने तयारीमा कोशी सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण