सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
प्रदेश समाचार

कोशी सरकारले सांसदका स्वकीयलाई पारिश्रमिक दिने

सोमबार, १५ असार २०८३, १४ : ३८
सोमबार, १५ असार २०८३

सारांश

  • कोशी प्रदेश सरकारले प्रदेश सभा सदस्यहरूको स्वकीय सचिवको पारिश्रमिक रोकिएको मितिदेखि नियमित रूपमा दिने निर्णय गरेको छ।
  • जेनजी आन्दोलनपछि रोकिएको स्वकीय सचिवहरूको पारिश्रमिक अब नियमित गरिने भएको छ।
  • प्रदेश योजना आयोगको सदस्यमा अनिल थापा नियुक्त भएका छन् भने खेलकुद र आर्थिक कार्यविधिसम्बन्धी विधेयकहरू प्रदेश सभामा पेस गर्न स्वीकृत भएका छन्।

विराटनगर। कोशी प्रदेश सरकारले प्रदेश सभा सदस्यहरूको स्वकीय सचिवको पारिश्रमिक रोकिएको मितिदेखि नियमित रूपमा दिने निर्णय गरेको छ।

कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वकीय सचिवहरूको पारिश्रमिक नियमित गर्ने निर्णय गरेको हो। जेनजी आन्दोलनपछि कोशी प्रदेशका स्वकीय सचिवहरूको पारिश्रमिक रोकिएको थियो।

त्यस्तै आजको बैठकले प्रदेश योजना आयोगको रिक्त सदस्य पदमा बराह क्षेत्र नगरपालिका २ सुनसरीका अनिल थापालाई नियुक्त गर्ने निर्णय गरेको छ। त्यसैगरी आजकै बैठकले प्रदेश खेलकुद पहिलो संशोधन अध्यादेश २०८३लाई प्रतिस्थापन गर्न बनेको विधेयकलाई प्रदेश सभामा पेस गर्न स्वीकृत प्रदान गरेको छ।

त्यस्तै प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयकलाई स्वीकृत गर्ने निर्णय गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप