कांग्रेस केन्द्रीय समितिको बैठक साउन २ गते बस्ने तय
बुधबार, २७ असार २०८०, ११ : ४३
काठमाडौँ । नेपाल कांग्रेसको आज स्थगित भएको केन्द्रीय समितिको बैठक अब साउन २ गते बस्ने भएको छ । पार्टी कार्यालयका कार्यबाहक मुख्यसचिव डा प्रदीप पराजुलीले साउन २ गतेका लागि बैठक तय भएको जानकारी दिए ।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८० असार २७ गते दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगर, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक २०८० श्रावण २ गते दिउँसो १ः०० बजे बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ’, उनले जारी गरेको सूचनामा उल्लेख छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपत्नी सीता दाहालको निधन भएपछि कांग्रेस बैठक स्थगित भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण