शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
सम्झनामा सीता

सीता दाहाल : प्रचण्डको भावुकता र कठोरतालाई सन्तुलन गर्ने सेतु

शुक्रबार, २९ असार २०८०, १७ : ०७
शुक्रबार, २९ असार २०८०

हाम्रो पार्टीकी सल्लाहकार आदरणीय कमरेड सीता दाहाल, उहाँलाई हामीले भाउजू भनेर अत्यन्तै निकटताका साथ सम्बोधन गर्थ्यौं, उहाँको असामयिक देहावसानले हामी दुःखी छौँ । यतिखेर सिंगो पार्टी शोकमा डुबेको छ । यो दुःखद घडीमा कमरेड सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, मेयर रेणु दाहाल, गंगा दाहाललगायत समग्र शोकसन्तप्त परिवारप्रति हार्दिक संवेदना व्यक्त गर्न चाहन्छु । 

अध्यक्ष प्रचण्डसँग मेरो भेट २०४२ सालमा भएको थियो, रुकुमको हिल भन्ने गाउँमा । मैले सीता भाउजूलाई पहिलोपटक २०४५ सालमा भेटेको हुँ, ललितपुरस्थित उहाँहरूको डेरामा । त्यतिबेला उहाँहरु एउटा मात्र कोठामा दुःखजिलो गरी बस्नुहुन्थ्यो । अध्यक्ष प्रचण्ड भूमिगत नै हुनुहुन्थ्यो । जनयुद्धको थालनी र अन्त्यसम्म आइपुग्दा अध्यक्ष प्रचण्ड र उहाँको परिवारले अझ कठोर भूमिगत जीवन बिताउनुपर्ने अवस्था सिर्जना भयो । 

अध्यक्ष प्रचण्ड र कमरेड सीता दाहालको वैवाहिक सम्बन्ध अत्यन्तै सौहार्द र सुमधुर रह्यो । उहाँहरू दुवै अत्यन्तै जिम्मेवार भई कशुलतापूर्वक आ–आफ्नो भूमिका निभाउँदै आएको मैले देखेँ । सीता भाउजूप्रतिको अध्यक्ष प्रचण्डको समर्पण अतुलनीय थियो । पछिल्लो समय सीता भाउजू बिरामी पर्दा उहाँ आफैँ खटिएर रेखदेख गरेको हामीले देख्यौँ । यो खालको सौहार्दपूर्ण वैवाहिक सम्बन्ध हामी सबैका लागि प्रेरणादायी र अनुकरणीय छ । 

जनयुद्धको सुरुवात भइसकेपछि त्यसले राष्ट्रिय रूपमा एक खालको तरङ्ग पैदा गरेको थियो । जनयुद्ध जति जति सशक्त बन्दै गयो, त्यति त्यति नै त्यसको प्रभाव पार्टीभित्र पर्दै जानु स्वाभाविक थियो । माओवादी विद्रोह अझ विस्तारित हुँदै र जनसहभागिता बढ्दै जाँदा पार्टीभित्र ठुल्ठूला अन्तर्संघर्ष र अन्तर्विरोध स्वाभाविक रूपमा देखिए । किरणजी र प्रचण्डजी, बाबुरामजी र प्रचण्डजी बीचमा कहिलेकाहीँ अन्तर्विरोध वा अन्तर्संघर्ष चर्कन्थ्यो । त्यतिबेला पार्टीभित्रै नीतिगत रूपमा समाधान खोज्ने काम हामीबाट हुन्थ्यो नै, तर त्यतिले पुग्दैनथ्यो । त्यस्तो बेला सीता भाउजूको विशेष भूमिका रहेको हामीले प्रत्यक्ष देख्दै आएका हौँ । उहाँले भनेपछि अध्यक्ष प्रचण्ड, किरणजी, बाबुरामजी सबैले मान्नुहुन्थ्यो । यस्तो खास क्षमता सीता भाउजूमा थियो । पार्टी कमजोर हुनदेखि उहाँले धेरैपटक जोगाउनुभएको छ भने एकताबद्ध भई अगाडि बढ्न धेरैपटक भूमिका खेल्नुभएको छ । 

किरणजी र प्रचण्डजी, बाबुरामजी र प्रचण्डजी बीचमा कहिलेकाहीँ अन्तर्विरोध वा अन्तर्संघर्ष चर्कन्थ्यो । त्यतिबेला पार्टीभित्रै नीतिगत रूपमा समाधान खोज्ने काम हामीबाट हुन्थ्यो नै, तर त्यतिले पुग्दैनथ्यो । त्यस्तो बेला सीता भाउजूको विशेष भूमिका रहेको हामीले प्रत्यक्ष देख्दै आएका हौँ ।

अहिले सम्झँदा के देख्छु भने, उहाँ यस्तो सौभाग्यशाली पात्र हुनुहुन्थ्यो, देशको परिवर्तनका निम्ति लड्ने ऐतिहासिक पार्टी र त्यसको नेतृत्व गर्ने व्यक्तिको जीवनसंगिनी भएर पार्टी हेडक्वार्टरमा उहाँ रहनुभयो । हरेक आन्दोलनको, त्यसमा पनि युद्धको ज्वारभाटा अन्ततः ठोकिने नेतृत्वमै हो । युद्धमा कहिले सफलता त कहिले असफलता आइलाग्थ्यो । त्यसले पैदा गर्ने वैचारिक र राजनीतिक तरङ्गहरू, खुसी र दुःखका मनोदशा वा भावनाहरू अन्ततः नेतृत्वसम्म आइपुग्थे । यी सबैलाई बेहोर्ने र त्यसबाट अनुभवजन्य ज्ञान हासिल गर्ने मौका सीता भाउजूले पाउनुभयो । 

अध्यक्ष प्रचण्ड केही भावुक, केही संवेदनशील र केही कठोर हुनुहुन्छ, जो उहाँ आफैँले भन्दै आउनुभएकै छ । सामन्तवादका विरुद्ध लड्ने जुन संकल्प उहाँमा थियो, त्यसका लागि उहाँ भावुक भएर मात्रै चल्दैनथ्यो, केही कठोर पनि हुुनुपथ्र्यो र कठोर मात्रै भएर पुग्दैनथ्यो, केही संवेदनशील पनि हुनैपथ्र्यो । उहाँको भावुकता र कठोरतालाई समायोजन वा सन्तुलन गर्ने सेतु सीता भाउजू बन्नुभयो । 

janardanकहिलेकाहीँ सानोतिनो कुरामा नेतृत्वसँग हाम्रो पनि चित्त बुझ्दैनथ्यो, त्यस्तो बेला मैले सीता भाउजूसँग कुरा गर्थें । उहाँले हामीलाई सम्झाउँदै त्यसको समाधान दिनुहुन्थ्यो । उहाँले सम्झाएपछि प्रशन्न चित्तका साथ हामी काममा लाग्थ्यौँ । 

समय, आवश्यकता, अवसर, इच्छाशक्ति र संघर्षले मान्छेलाई बदल्छ, कहाँबाट कहाँ पुर्‍याउँछ । उहाँ एक साधारण महिला हुनुहुन्थ्यो तर एउटा ऐतिहासिक पार्टीको अभिभावकत्व वहन गर्ने क्षमता उहाँले विकास गर्नुभयो । परिवर्तनका लागि प्राण हत्केलामा राखेर अगाडि बढेको संघर्षमा उहाँ डराएर भाग्न सक्नुहुन्थ्यो, तर उहाँ संघर्षमा सामेल भइरहनुभयो । ऐन–मौकामा आफ्ना महत्त्वपूर्ण राय–सुझाव राखेर पार्टीलाई ठिक दिशामा लैजान उहाँको विशेष योगदान रहिरह्यो । 

हाम्रो संघर्ष ज्वारभाटाजस्तो थियो । कतिबेला कुन स्केलको छाल आउँछ भन्ने निश्चित हुँदैनथ्यो । जनयुद्ध एकपछि अर्को उचाइमा जाँदै गर्दा एकातिर राज्यबाट ठूलो दमन भयो, त्यसको प्रतिरोध गर्नुपर्ने दबाब पार्टीलाई थियो । त्यसमाथि टाउकोको मूल्य तोकिएको अवस्था अर्कोतिर थियो । यावत् अप्ठेराका बीच लाखौँ कार्यकर्तालाई सही दिशातर्फ परिचालन गरेर लक्ष्यमा पुग्नु पार्टी नेतृत्वका लागि सामान्य जिम्मेवारी थिएन । यी सबै अवस्थामा सीता भाउजू अविचलित रूपमा पार्टी र नेतृत्व रक्षाका लागि खटिइरहनुभयो । उहाँले जनयुद्धकालदेखि महिलाहरूलाई अधिकारका लागि अघि बढ्न प्रेरित समेत गर्दै आउनुभयो । 

युद्धमा कहिले सफलता त कहिले असफलता आइलाग्थ्यो । त्यसले पैदा गर्ने वैचारिक र राजनीतिक तरङ्गहरू अन्ततः नेतृत्वसम्म आइपुग्थे । यी सबैलाई बेहोर्ने र त्यसबाट अनुभवजन्य ज्ञान हासिल गर्ने मौका सीता भाउजूले पाउनुभयो ।

फिल्डमा रहँदा हामीले पार्टीमा अप्ठेरो परिस्थिति सिर्जना भएको खबर सुन्थ्यौँ, तर हामी यसकारण ढुक्क हुन्थ्यौँ कि त्यहाँ सीता भाउजू हुनुहुन्छ, उहाँले समस्याको समाधान गर्नुहुुन्छ । 

जनयुद्धको थालनीदेखि त्यसको विकास क्रममा होस्, बाह्रबुँदे हुँदै शान्तिप्रक्रियामा होस् वा संविधान निर्माणका बेला होस्, बाहिरी शक्तिहरूसँग र पार्टीभित्रै संघर्ष भए । त्यतिबेला अध्यक्ष प्रचण्डले जति पहल र प्रयत्न गर्नुभयो, पार्टीपंक्तिलाई बलियो बनाउन भाउजू सीताको प्रयत्न पनि त्योभन्दा कम थिएन भन्न कुनै अप्ठेरो मान्नुपर्दैन । राजनीतिक उद्देश्य अर्थात् संघीय लोकतान्त्रिक गणतन्त्रका लागि र जनताको मुक्तिका लागि भएको माओवादी आन्दोलनमा भयानक आँधीबेरी र ज्वारभाटाको सामना गर्न उहाँ सधैँ तत्पर रहनुभयो । 

सीता दाहालबिना प्रचण्ड प्रचण्ड हुने अवस्था थिएन । जनयुद्ध लडेर शान्तिप्रक्रियामा आइसकेपछि पनि उपलब्धिहरूलाई संस्थागत गर्न सहज थिएन । यसमा पार्टीभित्र उहाँले खेलेको अभिभावकीय भूमिकाले सानो–ठूलो रूपमा अर्थ राख्छन् । 

सामन्तवादका विरुद्ध लड्ने जुन संकल्प उहाँमा थियो, त्यसका लागि उहाँ भावुक भएर मात्रै चल्दैनथ्यो, केही कठोर पनि हुुनुपर्थ्यो र कठोर मात्रै भएर पुग्दैनथ्यो, केही संवेदनशील पनि हुनैपथ्र्यो । उहाँको भावुकता र कठोरतालाई समायोजन वा सन्तुलन गर्ने सेतु सीता भाउजू बन्नुभयो ।

उहाँ बिरामी भएदेखि नै उहाँको अभिभावकत्वको अभाव हामीले महसुस गर्दै आएका थियौँ । सीता भाउजूसँग मेरो भेटघाट र छलफल भइरहन्थ्यो, मैले उहाँसँग स्पष्ट रूपमा आफ्ना कुरा राख्थेँ । चुरेका डाँडाहरूमा, महाभारतका शृंखलाहरूमा र रोल्पा–रुकुमका गाउँहरूमा धेरै दिनसम्म मैले उहाँसँग सँगै उकाली–ओराली गरेको थिएँ, सँगै ढिँडो खाएको थिएँ । ती संघर्षका दिनहरूमा होस्, अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका बेला होस् वा सत्ता बाहिर रहेका बेला होस्, कहिल्यै सीता भाउजूमा फरकपन आएन । उहाँको वर्गीय दृष्टिकोण र साधारण जीवनशैली सधैँ एकनाश रह्यो । उहाँको श्रद्धाञ्जलीका लागि जुन जनउभार उर्लियो, यसले उहाँको निधनबाट भएको क्षति र अभिभावकत्वको अभावलाई दर्शाउँछ । 

फर्स्ट लेडीको रूपमा राजकीय सम्मानका साथ सरकारले जसरी उहाँको अन्तिम बिदाइ ग¥यो, त्यसले उहाँको योगदानको कदर मात्रै भएको छैन, उहाँका योगदानलाई स्थापित समेत गरेको छ । 

(कुराकानीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

जनार्दन शर्मा ‘प्रभाकर’
जनार्दन शर्मा ‘प्रभाकर’
लेखकबाट थप