दिर्घरोगीलाई घरदैलोमै निःशुल्क औषधी पुर्याउँदै मालिकार्जुन गाउँपालिका
दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले दिर्घरोगीहरूलाई घरमै गएर निःशुल्क औषधी वितरण गर्न थालेको छ । दिर्घरोगीहरूको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै घरदैलोमै एमबीबीएस डाक्टरसहितको टिमले निःशुल्क औषधी वितरण गर्न थालेको हो । दम, क्षयरोग, उच्च रक्तचाप, सुगर, छारे रोग लगायत विभिन्न रोगका बिरामीहरूलाई लक्षित गरेर उक्त औषधी वितरणको कार्यक्रम अगाडी बढाइएको गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले जानकारी दिए ।

आज (शुक्रवार) गाउँपालिकाको वडा नम्बर ४ अन्तर्गत हुनैनाथ स्वास्थ्य चौकी मार्फत औषधी वितरण गरिएको छ । जसबाट २६ जना दिर्घरोगीहरूले सेवा लिएको बताए । गाउँपालिकाभित्र औषधी पसल नहुँदा बिरामीहरू औषधि लिन सदरमुकाम जानुपर्ने बाध्यता छ । उक्त समस्यालाई मध्यनजर गर्दै जनताको घरदैलोमै औषधी पुर्याउने कार्यक्रम अघि सारेको पालिका डाक्टर नीराजन बोहराले बताए ।
प्रत्येक वडाहरूबाट दिर्घरोगीहरूको तथ्याङ्क सङ्कलन गरेर उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमै अमेरिकाको ३–० को फराकिलो अग्रतता
-
हिमालयदेखि एन्डिजसम्मः नेपाल–पेरु मित्रताका ५० वर्ष
-
नेपाल प्रहरीका विभिन्न प्राविधिक समूहका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
-
के अमेरिकीहरूमा पनि विश्वकपको पारो चढ्ला त ?
-
रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी
-
‘मुलुकको विकासका लागि अनुसन्धानमा जोड दिनुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण