मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
सुदूरपश्चिम प्रदेश

बजेट पास गराउने अन्तिम कसरतमा सुदूरपश्चिम सरकार

शनिबार, ३० असार २०८०, १९ : ०१
शनिबार, ३० असार २०८०

धनगढी ।  सुदूरपश्चिम प्रदेश सरकार बजेट पारित गराउन अन्तिम कसरतमा जुटेको छ । सत्तारुढ दलको विरोधको कारण प्रदेश सरकार छलफल, संवाद तथा वार्तामा अल्झिएको थियो । सत्तारुढ दललाई मनाउन सफल भएपछि अब प्रमुख प्रतिपक्ष दललाई मनाउन अन्तिम कसरतमा जुटेको हो ।

आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई बजेट पारित गराउन आह्वान गरेका छन् । तर नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभामा खर्च कटौतीको प्रस्ताव दर्ता गराएको छ । एमाले संसदीय दलकातर्फबाट प्रदेशसभा सदस्य धर्मराज पाठकले प्रदेशसभा नियमावली २०७४ को नियम १३४ को १९क० अनुसार प्रदेशसभा सचिवालयमा खर्च कटौतीको प्रस्ताव दर्ता गराएका हुन् । 

खर्च शिर्षक समेत उल्लेख गरेर सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरङ्ग मन्त्रालयहरुका भवनहरु विकास तथा व्यवस्थित गर्ने कार्यका लागि अनुदान रकमको १९ करोड विनियोजन गरिएकाले कटौती गर्न माग गरिएको छ । यसअघिको प्रदेशसभाले प्रदेशको राजधानी कैलालीको गोदावरीमा राख्ने निर्णय गरिसकेकोमा उक्त निर्णयको अवज्ञा गर्दै निती र विधि मिचिएको प्रस्तावमा उल्लेख गरिएको छ । 

सत्तारुढ दलहरु बजेट पारित गराउन ह्वीप समेत जारी गरेका छन् । आजै बजेट पारित गराउन सरकारको तयारी रहको एक नेताले बताए । यहाँ नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दुई तिहाइ बहुमत सदस्यको समर्थन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप