बजेट पास गराउने अन्तिम कसरतमा सुदूरपश्चिम सरकार
धनगढी । सुदूरपश्चिम प्रदेश सरकार बजेट पारित गराउन अन्तिम कसरतमा जुटेको छ । सत्तारुढ दलको विरोधको कारण प्रदेश सरकार छलफल, संवाद तथा वार्तामा अल्झिएको थियो । सत्तारुढ दललाई मनाउन सफल भएपछि अब प्रमुख प्रतिपक्ष दललाई मनाउन अन्तिम कसरतमा जुटेको हो ।
आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई बजेट पारित गराउन आह्वान गरेका छन् । तर नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभामा खर्च कटौतीको प्रस्ताव दर्ता गराएको छ । एमाले संसदीय दलकातर्फबाट प्रदेशसभा सदस्य धर्मराज पाठकले प्रदेशसभा नियमावली २०७४ को नियम १३४ को १९क० अनुसार प्रदेशसभा सचिवालयमा खर्च कटौतीको प्रस्ताव दर्ता गराएका हुन् ।
खर्च शिर्षक समेत उल्लेख गरेर सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरङ्ग मन्त्रालयहरुका भवनहरु विकास तथा व्यवस्थित गर्ने कार्यका लागि अनुदान रकमको १९ करोड विनियोजन गरिएकाले कटौती गर्न माग गरिएको छ । यसअघिको प्रदेशसभाले प्रदेशको राजधानी कैलालीको गोदावरीमा राख्ने निर्णय गरिसकेकोमा उक्त निर्णयको अवज्ञा गर्दै निती र विधि मिचिएको प्रस्तावमा उल्लेख गरिएको छ ।
सत्तारुढ दलहरु बजेट पारित गराउन ह्वीप समेत जारी गरेका छन् । आजै बजेट पारित गराउन सरकारको तयारी रहको एक नेताले बताए । यहाँ नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दुई तिहाइ बहुमत सदस्यको समर्थन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण