सुन र हिरासहित विमानस्थलबाट महिला पक्राउ
आइतबार, ३१ असार २०८०, १३ : ३०
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाई छिपाई अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको सुन तथा हिरासहित एक जना पक्राउ परेका छन् । ७ सय ७० ग्राम सुन र डायमन्ड सि+ ५४ ग्राम ७५ मिलिग्रामसहित नेपाली मूलका अस्ट्रेलियन नागरिक ५५ वर्षीया अभया विश्वकर्मालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मलेसियन एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट मलेसिया हुँदै अस्ट्रेलिया जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा तलासी गर्ने क्रममा उनले बोकेको झोलाभित्र अवैध रूपमा लुकाई छिपाई भन्सार छली गरी बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा उक्त सुन तथा डायमन्ड फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण