एनआरएनए साउदीको अध्यक्षमा रविना अर्यालको एकल उम्मेदवारी
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)साउदी अरबको नयाँ कार्यसमिति चयन प्रक्रिया अगाडि बढेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिले जुलाई १५ सम्म उम्मेदवारी दर्ता भएका आवेदकहरूको नामावली प्रकाशित गरेको छ । अध्यक्षलगायतका धेरै पदमा एक जनाको मात्रै उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले जारी गरेको सूचना अनुसार अध्यक्षमा रबिना अर्यालको मात्रै उम्मेदवारी परेको छ ।
उपाध्यक्ष पदबाहेक अन्य पदमा पनि निर्विरोध हुने गरी उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन् । शुरुमा रोशन कुमार श्रेष्ठले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराए पनि उनले रबिना अर्याललाई नै अध्यक्षमा सहयोग गर्ने भन्दै आफ्नो उमेदवारी फिर्ता लिएको जानकारी उनले निर्वाचन समितिलाई इमेलमार्फत पठाएका छन् । पूर्व प्रकाशित निर्वाचन कार्य तालिका बमोजिम प्राप्त उम्मेदवारहरूको प्रथम सूचीमा आगामी १७ जुलाई बेलुकी ८.०० बजे भित्रमा दाबी, विरोध उजुरी गर्न सक्ने समितिले जनाएको छ । कसैको दाबी विरोध भएमा निर्वाचन समितिको आधिकारिक इमेल [email protected] मा इमेल गर्न निर्वाचन समितिका संयोजक एवं एनआरएनए मध्यपूर्वका संयोजक राजेन्द्र अर्यालले आग्रह गरेका छन् ।
उम्मेदवारको सूची

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण