मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए साउदीको अध्यक्षमा रविना अर्यालको एकल उम्मेदवारी

आइतबार, ३१ असार २०८०, १७ : ५९
आइतबार, ३१ असार २०८०

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)साउदी अरबको नयाँ कार्यसमिति चयन प्रक्रिया अगाडि बढेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिले जुलाई १५ सम्म उम्मेदवारी दर्ता भएका आवेदकहरूको   नामावली प्रकाशित गरेको छ । अध्यक्षलगायतका धेरै पदमा एक जनाको मात्रै उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले जारी गरेको सूचना अनुसार अध्यक्षमा रबिना अर्यालको मात्रै  उम्मेदवारी परेको छ ।

उपाध्यक्ष पदबाहेक अन्य पदमा पनि निर्विरोध हुने गरी उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन् ।    शुरुमा रोशन कुमार श्रेष्ठले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराए पनि उनले रबिना अर्याललाई  नै अध्यक्षमा सहयोग गर्ने भन्दै आफ्नो उमेदवारी फिर्ता लिएको जानकारी उनले निर्वाचन समितिलाई इमेलमार्फत पठाएका छन् ।    पूर्व प्रकाशित निर्वाचन कार्य तालिका बमोजिम प्राप्त उम्मेदवारहरूको प्रथम सूचीमा आगामी १७ जुलाई बेलुकी ८.०० बजे भित्रमा दाबी, विरोध उजुरी गर्न सक्ने समितिले जनाएको छ । कसैको दाबी विरोध भएमा निर्वाचन समितिको आधिकारिक इमेल [email protected] मा इमेल गर्न निर्वाचन समितिका संयोजक एवं एनआरएनए मध्यपूर्वका संयोजक राजेन्द्र अर्यालले आग्रह गरेका छन् । 

उम्मेदवारको सूची

3fe9bf55-58b1-4cf1-ac07-c0657b87465c

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप