मुख्यसचिव डा अर्याललाई सचिवहरुको ‘ब्रिफिङ’
काठमाडौँ । मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई सबै मन्त्रालयका सचिवहरुले पछिल्लो अवस्थाबारे ‘ब्रिफिङ’ छन् । मत्रालयगत कार्यसम्पादनको अवस्थाबारे अर्यालले सबै सचिवहरुसँग जानकारी माग गरेका हुन् ।
सोमबार बिहान सिंहदरबारस्थित कार्यालयमा सचिवहरुलाई डाकेर मुख्यसचिव अर्यालले कार्यसम्पादनका समयमा परेका समस्या र चुनौतिका बारेमा सोधपुछ गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकृतका अनुसार पछिल्लो पटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले मन्त्रालयका सचिव कृष्णहरि पुष्करको हाजिरिमा रातो चिन्ह लगाएको विषयमा समेत बैठकमा उठेको थियो ।
मन्त्रीहरुले आफू अनुकूल काम लगाउने गरेको र त्यसलाई नमान्दा रुष्ट हुने गरेका गुनासो सचिवहरुको थियो । त्यस्तै सचिव सरुवमा ‘राईट म्यान राईट प्लेस’को अवधारणालाई ख्याल गर्नुपर्ने जोड सचिवहरुको रहेको बैठकमा सहभागी एक सचिवले रातोपाटीलाई बताए ।
ती सचिवकाअनुसार सञ्चार सचिव कृष्णबहादुर राउत पक्राउका विषयमा पनि चर्चा भएको छ । बैठक समाचार तयार पार्दासम्म चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण