सारुक आत्महत्या प्रकरण : ह्यासट्याग मायाको निर्माता र निर्देशकसँग प्रहरीको सोधपुछ
काठमाडौँ । अभिनेता शारुक ताम्राकारको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ । ताम्राकारको मोबाइल परीक्षण रिपोर्ट कुरिरहेको प्रहरीले सारुकका निकटस्थहरूसँग सोधपुछ गर्न थालेको छ ।
प्रहरीले चलचित्र ‘ह्यासट्याग माया’को निर्देशक राजीव गुरुङ र निर्माता शर्मिला थापासँग सोधपुछ गरेको छ । निर्माता र निर्देशकसँग सोधपुछ गरेर ‘कागज’ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी सिताराम रिजालले रातोपाटीलाई बताए ।
रातोपुलमा रहेको आफ्नो घरमा मृत भेटिएका सारुक चलचित्र ‘ह्यासट्याग माया’ मा अभिनय गरिरहेका थिए । नायिका नम्रता श्रेष्ठ पनि ह्यासट्याग मायामा अभिनय गरिरहेकी छिन् । तर, सुटिङ आधा पनि नसकिँदै ताम्राकारले संसार छाड्ने निर्णय लिए ।
सारुकको मोबाइल परीक्षण रिपोर्ट आउन कम्तीमा दुई साता लाग्ने अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
निर्माता राजीव गुरुङले प्रहरीलाई छायाङ्कन भइरहेको चलचित्र ‘ह्यासट्याग माया’ सँग सम्बन्धित कुराहरू जानकारी गराएको बताए । रातोपाटीसँग कुरा गर्दै गुरुङले भने–‘फिल्मसँग सम्बन्धित कुराहरू बताएको छु ।’
निर्माता र निर्देशकलाई प्रहरी वृत्त मालिगाउँका अनुसन्धान अधिकृतहरूले बयान लिएका हुन् । सारुकलाई आत्महत्या गर्न ‘दुरुत्साहन’ गरिएको थियो वा थिएन भन्नेबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ । एसपी रिजाल भन्छन्–‘अनुसन्धानको कुनै पनि कसर बाँकी राखेका छैनौँ, विभिन्न विधिबाट अनुसन्धान हुँदै छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण