सम्झौता नवीकरणसम्बन्धी अन्यौलबीच एमबाप्पेले क्लबका अध्यक्षसँग भेटे
काठमाडौँ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का प्रभावशाली स्ट्राइकर केलियन एमबाप्पेले मंगलबार क्लबका अध्यक्ष नासिर अल खेलाइफीसँग भेटेका छन् । फ्रान्सेली स्टार एमबाप्पे र पीएसजीका अध्यक्ष अल खेलाइफीबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
२४ वर्षीय एमबाप्पे र अध्यक्ष अल खेलाइफीबीच गत जुनपछि पहिलो पटक भेट भएको हो । गत जुनमा एमबाप्पेले अध्यक्ष अल खेलाइफीलाई पत्र पठाउँदै आफू पीएसजीसँग सम्झौता नवीकरण गर्न अनिच्छुक रहेको बताएका थिए । त्यसयता यी दुईबीच भेट भएको थिएन ।
सन् २०१८ मा पीएसजीमा आबद्ध भएका एमबाप्पेको सम्झौता सन् २०२४ मा सकिँदै छ । त्यसपछि उनी पीएसजी छाडेर अन्य क्लबमा जान स्वतन्त्र हुनेछन् । क्लबका अध्यक्ष अल खेलाइफी भने एमबाप्पेलाई पीएसजीमै राख्न चाहन्छन् ।
स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडले लामो समयदेखि एमबाप्पेमाथि आँखा लगाउँदै आएको छ । रियल म्याड्रिडको त्यो प्रयास यसअघि पनि असफल भएको थियो । त्यसैले एमबाप्पेले रियल म्याड्रिड जान नै पीएसजी छाड्न खोजेको अनुमान गरिएको छ ।
तर, एमबाप्पेले भने आफूले रियल म्याड्रिड जान पीएसजी छाड्न खोजेको हल्लाको खण्डन गरेका छन् । पीएसजीले एमबाप्पेलाई क्लबमा रहने वा नरहने भन्ने विषयको निर्णय लिन जुलाई ३१ तारिखसम्मको समय दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण