शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

विद्युतीय व्यापार विधेयक छलफलका लागि विधायन व्यवस्थापन समितिमा

बिहीबार, ०४ साउन २०८०, १५ : २७
बिहीबार, ०४ साउन २०८०

काठमाडौँ । राष्ट्रियसभाले ‘विद्युतीय व्यापार विधेयक, २०८०’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।  

बिहीबार बसेको राष्ट्रियसभा बैठकमा सो विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । 

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सो विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पेश गरेका थिए ।  

राष्ट्रियसभाको अर्को बैठक यही साउन ११ गते बिहीबार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप