बीपी कोइराला गतिशील व्यक्तित्व हुनुहुन्थ्यो : अर्थमन्त्री
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा.प्रकाशशरण महतले बीपी कोइराला गतिशील व्यक्तित्व भएको बताएका छन् । संगठनमा म मात्रै सर्वैसर्वा र अपरिहार्य व्यक्ति हुँ कहिले नभनेको स्मरण गर्दै बीपी कोइरालाको ४१ औं स्मृति दिवसका अवसरमा आयोजित वृक्षरोपण कार्यक्रममा बोल्दै मन्त्री महतले यस्तो बताएका हुन् ।
‘संगठनमा कोही पनि अपरिहार्य हुँदैन । कसैले आफूलाई अपरिहार्य ठान्छ भने त्यो लोकतान्त्रिक प्रकृयाविरुद्ध हुन जान्छ,’ उनले भने, ‘त्यत्ति ठूलो व्यक्तित्व भएका बीपीबाट सिक्ने कुरा धेरै छन् । बीपीले कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, सुवर्णशमशेर, अरु नेता र मुलतः जनताको पनि कुरा सुन्नुहुन्थ्यो, ।’
‘बीपी कोइराला गतिशील व्यक्तित्व हुनुहुन्थ्यो । एउटा सन्दर्भमा बीपीले यसो भन्नुभएको थियो, पार्टीले किन यसो गरेको मान्छेहरु भन्छन्,’ उनले भने, ‘बीपीको सिद्धान्त कांग्रेसले छोड्यो भन्छन् । तर होइन, हाम्रो लक्ष्य बीपीको विचारमा आधारित प्रजातान्त्रिक समाजवाद हो, लोकतान्त्रिक मूल्य र मान्यताका आधारमा समतामूलक समाज निर्माण गर्ने र समृद्धिसहितको समानता हुनुपर्छ ।’
वनको उदाहरण दिँदै मन्त्री डा. महतले २०१५ सालमा नेपाली कांग्रेसको आर्थिक नीतिअन्तर्गत वन राष्ट्रियकरणको नीति थियो । बेच्नका लागि यो केही व्यक्तिको नियन्त्रणमा थियो । २०४८ सालमा हामीले सामुदायिक वनको अवधारणा ल्याइयो । २०१५ सालमै सामुदायिक वनमा लगिएको भए जनता तयार भइसकेका थिएनन् ।
२०४६ सम्म आइपुग्दा जनता धेरै शिक्षित भइसकेकाले गर्दा सामुदायिक वनको अवधारणा आयो । किनभने सरकारले नियन्त्रणमा राख्यो भने त्यसको रेखदेख राम्रो हुँदैन । समुदायलाई नै फाइदा र संरक्षणमा सहभागी गराइयो भने उपयुक्त हुन्छ । बीपीले ०१५ सालमा लिएको नीति पनि ठीक थियो, ०४८ मा कांग्रेसले लिएको नीति पनि ठीक थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण