मधेसमा अब बिल बनाएकै भरमा पेमेन्ट हुने काम हुँदैन : मन्त्री यादव
जनकपुरधाम । मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादवले प्रदेशमा अब बिल बनाएकै भरमा पेमेन्ट हुने काम नहुने बताएका छन् । असारे विकासको परम्परालाई अन्त्य गर्दै विकास निर्माणको कार्यलाई व्यवस्थित गर्ने उनले बताएका हुन् ।
रातोपाटीसँग कुरा गर्दै उनले चालु आर्थिक वर्षको योजनाहरू असोजमै सुरु गरेर जेठ मसान्तभित्र भुक्तानी गरी फरफारक हुने गरी मन्त्रालयको कामकाज अगाडी बढाउने योजना योजना सुनाए । ‘चालू आर्थिक वर्षको लागि मैले ल्याएको बजेट थोरै छ,’ उनले भने, ‘कामहरू धेरै छ । प्राथमिकता अनुसार बनाइएको बजेटहरू पूर्णरुपमा जनतालाई हित हुने गरी जनताको विकास निर्माणमा खर्च गरी प्रदेशमा बजेट फ्रिजको अनुपात घटाउँछु ।’
चालु आर्थिक वर्षमा ल्याइएको बजेटमा स्थानीयहरू तहहरूबाट माग भई आएका योजनाहरू, मधेस प्रदेशको गौरवको योजनाहरू र स–साना योजनाहरू समेत समेटिएको मन्त्री यादवले बताए । उनले जनताको बीचमा जनताको चाहनाअनुसार सबैलाई पुग्ने र सम्मान हुने गरी योजना ल्याएको बताए ।
मन्त्री यादवले चालु आर्थिक वर्षको योजनाहरू आफै फिल्डमा धुमेर सञ्चालनमा ल्याउने बताए । उनले अगामी दिनमा आफै फिल्डमा गएर होइन कर्मचारीहरूलाई पनि फिल्डमा खटाएर विकास निर्माणको कार्यलाई क्वालिटी र क्वान्टीटी प्रदान गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण