जापानमा गौरिकाले बनाइन् राष्ट्रिय कीर्तिमान
काठमाडौँ । जापानको फुकुओकामा जारीको ‘वर्ल्ड एक्वाटिक च्याम्पियनसिप—२०२३’ मा नेपाली खेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छन् । गौरिकाले प्रतियोगिताको एक सय मिटर ब्याकस्ट्रोक स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।
ओलम्पियन गौरिकाले निर्धारित दूरी एक मिनेट ०.८० सेकेन्डमा पूरा गरिन् । कूल ६१ खेलाडीको सहभागिता रहेको हिट चरणमा गौरिका ५१ औं स्थानमा रहिन् । यसअघि पनि उक्त कीर्तिमान गौरिकाकै नाममा रहेको थियो ।
उनले सन् २०१६ मा भारतको हुवाहाटी सिलोङमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुदमा निर्धारित दूरी एक मिनेट ०७.३१ सेकेन्डमा पार गर्दै उक्त कीर्तिमान आफ्नो नाममा पारेकी थिइन् । हाल जापानमा जारी वर्ल्ड एक्वाटिक च्याम्पियनसिपमा गौरिकाले सोही कीर्तिमान तोडेकी हुन् ।
यसअघि आइतबार नासिर याह्या हुसेनले पनि ‘वर्ल्ड एक्वाटिक च्याम्पियनसिप—२०२३’ मा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए । नासिरले पुरुष चार सय मिटिर फ्रिस्टायल स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।
प्रतियोगितामा नासिरले निर्धारित दूरी चार मिनट ८.२३ सेकेन्डमा पूरा गरेका थिए । यसअघि पनि उक्त कीर्तिमान नासिरकै नाममा रहेको थियो । यसअघि नासिरले सोही दूरी चार मिनट १२.१७ सेकेन्डमा पूरा गरेका थिए ।
नासिरले उक्त कीर्तिमान गत असारमा आयोजना भएको ११ औँ एनएसए कप पौडी प्रतियोगितामा बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण