शेखरले भने–कार्यक्रममा नआएपनि गगनजी रिसाउनु भएको छैन
काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले महामन्त्री गगन थापासँग छलफलपछि कार्यक्रम तय भएको बताएका छन् ।
बीपी स्मृति सप्ताह कार्यक्रममा उनले भने, ‘गगनजी किन आउनु भएन भन्ने उहाँहरुको मनमा कौतुहल्ता होला । रिसाउनु भएको होकि के हो ? आजको कार्यक्रमको मिति गगनजी र म बसेरै छलफल गरेको हो आउने भनेर ।’
सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकको अन्तिम ड्राफ्टमाथि छलफल गर्न पदाधिकारी बैठक बोलाएपछि महामन्त्री थापा कार्यक्रममा नआएको हुनेसक्ने उनले बताए ।
नेता कोइरालाले भने, ‘सभापतिजीले आजै भोलिको बैठकको अन्तिम ड्राफ्टका लागि पदाधिकारीको बैठक बोलाउनु भयो । त्यसमा छलफल गर्नुपर्ने होला । त्यसैले कार्यक्रममा आउन नसकेको मैले महसुस गरेको छु ।’
महामन्त्री थापाको फोन स्वीचअफ भएकाले कुराकानी हुन नसके पनि कार्यक्रममा नआएको कुरालाई अन्यथा नलिन कोइरालाको आग्रह छ । ‘फोन पनि लागिरहेको छैन । उहाँको फोन पनि स्वीचअफ छ । त्यो अप्ठ्यारो परेको छ । त्यसमा अन्यथा लिनुहुँदैन ।’
बीपी स्मृति सप्ताह कार्यक्रमको ब्यानरमा महामन्त्री थापालाई पनि विशिष्ट अतिथि राखिएको थियो । उनी कार्यक्रममा सहभागी नभएपछि केही नेताले महामन्त्री थापाको खोजी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण