शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

शेखरले भने–कार्यक्रममा नआएपनि गगनजी रिसाउनु भएको छैन

मङ्गलबार, ०९ साउन २०८०, १६ : २०
मङ्गलबार, ०९ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले महामन्त्री गगन थापासँग छलफलपछि कार्यक्रम तय भएको बताएका छन् ।

बीपी स्मृति सप्ताह कार्यक्रममा उनले भने, ‘गगनजी किन आउनु भएन भन्ने उहाँहरुको मनमा कौतुहल्ता होला । रिसाउनु भएको होकि के हो ? आजको कार्यक्रमको मिति गगनजी र म बसेरै छलफल गरेको हो आउने भनेर ।’

सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकको अन्तिम ड्राफ्टमाथि छलफल गर्न पदाधिकारी बैठक बोलाएपछि महामन्त्री थापा कार्यक्रममा नआएको हुनेसक्ने उनले बताए ।

नेता कोइरालाले भने, ‘सभापतिजीले आजै भोलिको बैठकको अन्तिम ड्राफ्टका लागि पदाधिकारीको बैठक बोलाउनु भयो । त्यसमा छलफल गर्नुपर्ने होला । त्यसैले कार्यक्रममा आउन नसकेको मैले महसुस गरेको छु ।’

महामन्त्री थापाको फोन स्वीचअफ भएकाले कुराकानी हुन नसके पनि कार्यक्रममा नआएको कुरालाई अन्यथा नलिन कोइरालाको आग्रह छ । ‘फोन पनि लागिरहेको छैन । उहाँको फोन पनि स्वीचअफ छ । त्यो अप्ठ्यारो परेको छ । त्यसमा अन्यथा लिनुहुँदैन ।’ 

बीपी स्मृति सप्ताह कार्यक्रमको ब्यानरमा महामन्त्री थापालाई पनि विशिष्ट अतिथि राखिएको थियो । उनी कार्यक्रममा सहभागी नभएपछि केही नेताले महामन्त्री थापाको खोजी गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप