केन्द्रीय समिति बैठक
बैठकमा धेरै आलोचना भएन साथीहरुलाई धन्यवाद दिन चाहन्छु : देउवा
बुधबार, १० साउन २०८०, १९ : १७
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धेरै आलोचना नगरेकोमा धन्यवाद दिएका छन् ।
साउन २ गते बसेको बैठक समापन गर्दै देउवाले नेताहरुबाट धेरै आलोचना नभएको बताए । उनले भने, ‘धेरै आलोचना होला भन्ने थियो । तर भएन । साथीहरुलाई धन्यवाद ।’
केन्द्रीय कार्यसमिति बैठक लाइभ गर्दा पार्टीमा सबै एकसय एक छन् भन्ने थाहा भएको देउवाको भनाइ छ । ‘बैठक लाइभ गर्दा धरै साथीहरुले बोल्नुभयो । सबै एकसय एक हुनुहुन्छ भन्ने थाहा भयो । मैले धेरै बोल्नु छैन ,’ उनले भने ।
पार्टीका लागि रगत बगाएका र मरेकाहरुको सम्मान गर्नुपर्ने देउवाले बताए । ‘पार्टीका लागि योगदान दिएकाहरुलाई बिर्सिनु हुँदैन,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण