एक वर्षमा तीन सय घरमा खानेपानी
दैलेख । जिल्लाको डुङ्गेश्वर गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा तीन सयभन्दा बढी घरमा खानेपानीको धारा जडान गरी खानेपानीको पहुँच विस्तार गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष सुन्दरकुमार केसीले गत आवमा तीन सय ५७ नागरिकका घरमा खानेपानी विस्तार गरिएको बताए । सोही अवधिमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १८ योजना सञ्चालन गरी दुई सय चारलाई आंशिक रोजगारी उपलब्ध गराइएको उनले जानकारी दिए । पालिकाले मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पाँच योजना सञ्चालन गरी एक सय ६४ लाई आंशिक रोजगारी प्रदान गरेको थियो ।
पालिकामा खानेपानी तथा सरसफाइ स्वच्छता योजना निर्माण सुरु गरिएको बताउँदै अध्यक्ष केसीले पानीको गुणस्तर परीक्षण गर्न प्रयोगशाला स्थापना गरिएको जानकारी दिए । उनका अनुसार पालिकामा १० शय्याको अस्पताल निर्माणका लागि विस्तृत योजना प्रतिवेदन स्वीकृत भइसकेको छ भने जग्गा प्राप्तिको काम सम्पन्न भएको छ ।
पालिकाको स्वास्थ्य शाखाबाट शिविर सञ्चालन, मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधि उपचार खर्चबापत रु पाँच हजारका दरले सहायता उपलब्ध गराइएको अध्यक्ष केसीले बताए ।
पालिका कार्यालयका साथै सबै वडा, स्वास्थ्य संस्था र छ माविमा ई–हाजिरी जडान गरिएको, योजना सफ्टवेयर, वडा सिफारिस, सङ्घसंस्था दर्ताका लागि सफ्टवेयर लागू गरी डिजिटल गाउँपालिका बनाउने अभियानलाई जोड दिइएको छ ।
यस वर्ष ‘बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रमअन्तर्गत ४४ जना छोरीको बैङ्क खातामा पैसा जम्मा गरिएको छ । गाउँपालिकाले ‘गर्भवतीसँग उपाध्यक्ष भेटघाट कार्यक्रम’मार्फत तीन सय १५ गर्भवतीसँग प्रत्यक्ष भेट गरी स्वास्थ्य परीक्षणसँगै पोषणयुक्त कोसेली वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
-
काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण