शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ टेलिश्रृंखला ‘लफडा’ ल्याउँदै राजु मास्टर

सोमबार, १५ साउन २०८०, ११ : ०७
सोमबार, १५ साउन २०८०

काठमाडौँ । हास्य कलाकार राजु मास्टर अर्थात राजु पौडेलले नयाँ टेलिश्रृंखला ‘लफडा’ ल्याउने भएका छन् । उनको श्रृंखला भदौबाट प्रसारणमा आउने भएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा श्रृंखलाको एक प्रोमो सार्वजनिक गर्दै पौडेलले सिरियलको जानकारी दिएका हुन् ।  उनले केही समयदेखि रोकिएको श्रृंखला ‘जुठे’ पनि अबदेखि निरन्तर प्रसारणमा आउने जनाएका छन् ।

‘अब भने ‘जुठे’ सँगै कमेडी श्रृंखला ‘लफडा’ पनि आउने भएको छ’, उनले अगाडि लेखेका छन् ‘जुठे’ पहिलेकै झै बुधबार र ‘लफडा’ भदौदेखि आइतबार प्रसारणमा आउनेछ ।’ ‘लफडा’ को बिषयवस्तु बारे भने उनले केही खुलाएको छैनन् । 

नयाँ श्रृंखला ‘लफडा’ मा राजु पौडेल, अनिता बस्नेत, कृष्ण शिवाकोटी, कमला रेग्मी, श्री थापा, मुकुन्द मैनाली लगायतको अभिनय देख्न सकिनेछ ।  श्रृंखलाका लेखक तथा निर्देशक उनी आफैं हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप