नयाँ टेलिश्रृंखला ‘लफडा’ ल्याउँदै राजु मास्टर
सोमबार, १५ साउन २०८०, ११ : ०७
काठमाडौँ । हास्य कलाकार राजु मास्टर अर्थात राजु पौडेलले नयाँ टेलिश्रृंखला ‘लफडा’ ल्याउने भएका छन् । उनको श्रृंखला भदौबाट प्रसारणमा आउने भएको हो ।
सामाजिक सञ्जाल फेसबुकमा श्रृंखलाको एक प्रोमो सार्वजनिक गर्दै पौडेलले सिरियलको जानकारी दिएका हुन् । उनले केही समयदेखि रोकिएको श्रृंखला ‘जुठे’ पनि अबदेखि निरन्तर प्रसारणमा आउने जनाएका छन् ।
‘अब भने ‘जुठे’ सँगै कमेडी श्रृंखला ‘लफडा’ पनि आउने भएको छ’, उनले अगाडि लेखेका छन् ‘जुठे’ पहिलेकै झै बुधबार र ‘लफडा’ भदौदेखि आइतबार प्रसारणमा आउनेछ ।’ ‘लफडा’ को बिषयवस्तु बारे भने उनले केही खुलाएको छैनन् ।
नयाँ श्रृंखला ‘लफडा’ मा राजु पौडेल, अनिता बस्नेत, कृष्ण शिवाकोटी, कमला रेग्मी, श्री थापा, मुकुन्द मैनाली लगायतको अभिनय देख्न सकिनेछ । श्रृंखलाका लेखक तथा निर्देशक उनी आफैं हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण