शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टीमा विप्लवलाई स्विकार्न गाह्रो छैन : नेता शर्मा

सोमबार, १५ साउन २०८०, २३ : ०५
सोमबार, १५ साउन २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले पार्टीमा नेत्रविक्रम चन्द विप्लवलाई स्विकार्न गाह्रो नभएको बताएका छन् । 

सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले चन्दलाई पार्टीमा फर्किनु आफैँले भनेको भन्दै यसमा कुनै नौलो कुरा नभएको बताए । 

उनले चन्दलाई पार्टीमा ल्याउने कुरा सञ्चारमाध्यमहरुले हाइलाइटको विषय बनाएको बताए । 

माओवादी केन्द्रका उपमहासचिव समेत रहेका सांसद शर्माले जनताले बुझ्नेगरी लोकतान्त्रिक प्रक्रियाबाट बैठक सञ्चालन गर्न पार्टी केन्द्रीय कमिटीको बैठक लाइभ गर्न लागेको बताए । 

उनले भने, ‘जनताले बुझ्नेगरी लोकतान्त्रिक प्रक्रियाबाट गर्नुपर्छ नि त । सबै पार्टीले क्रमशः गर्दै जाने कुरा छ । त्यसैले काम गर्ने सदस्यले के काम गरेको छ, तलसम्म थाहा हुन्छ । आज पनि सिंगो पार्टी एक ठाउँमा छ । विप्लवलाई आउनु भनेकै छौँ, मिडियाले हाइलाइट गर्नुभएको कुरा मात्रै हो । बैठक १७ गतेदेखि सुरु हुन्छ । बैठकमा सबै केन्द्रीय सदस्यले बोल्नुहुन्छ ।’

शर्माले केन्द्रीय कमिटीको बैठक साउन १७ गतेदेखि सुरु हुने र सबै केन्द्रीय सदस्यले बोल्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप