‘रावायण’ मा अनमोलको जोडी बन्दै नीति
बिहीबार, १८ साउन २०८०, १५ : ०८

काठमाडौँ । फिल्म ‘रावायण’ मा अभिनेत्रीको रुपमा नीति शाह जोडिएकी छन् ।
सुदर्शन थापाको निर्देशनमा बन्न लागेको फिल्ममा मुख्य अभिनेत्रीको रुपमा नीति जोडिएकी हुन् । फिल्ममा नीति अनमोलको जोडीको रुपमा देखिनेछिन् ।
फिल्ममा अभिनयका विषयमा नीतिले फिल्म प्रोडक्सन सुदर्शन थापासँग सम्झौता समेत गरिसकेकी छन् । जसको जानकारी निर्माता सुप्रिया कट्वालले सामाजिक संजालमार्फत गराएकी छन् ।
फिल्मको छायांकन भदौदेखि हुनेछ । नीतिले यसै फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यु गर्न लागेकी हुन् । यसअघि उनी केही फिल्ममा जोडिए पनि फिल्म समयमा सुरु नहुँदा उनले फिल्ममा डेब्यु गर्न पाएकी थिइन् ।
फिल्मको प्राविधिक पक्ष र अन्य कलाकारको प्रेसमिट मार्फत जानकारी गराउने निर्माण युनिटले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सगरमाथा संवाद’ को तयारी पूरा, शुक्रबार उद्घाटन हुने
-
श्रीमानको मृत्युपछि अदालतले दिनु भनेको सम्पत्ति पनि दिएनन्
-
विकासकाे गतिमा यसरी अघि बढ्दैछ पालुङटार
-
चौधरीलाई मन्त्री बनाउन संसदीय दलको सिफारिस
-
१० बजे १० समाचार : अख्तियारको फन्दामा 'ठुलो माछा', केहीलाई ‘उन्मुक्ति’
-
माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल