वैदेशिक रोजगारीबाट टेलिभिजन ल्याउँदा कर, कोषमा आबद्ध भएकालाई विशेष सुविधा
काठमाडौँ । वैदेशिक रोजगारीमा जाँदा सामाजिक सुरक्षा कोषमा आबद्ध भएकाहरूलाई विशेष सुविधाको घोषणा गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले जारी गरेको एक सूचनाअनुसार सुरक्षा कोषमा आबद्ध भएर रोजगारीमा गएकाले विशेष सुविधा पाउने भएका हुन् ।
कार्यालयका अनुसार श्रम स्वीकृति लिएर लगातार १२ महिना काम गरेर फर्किएका कोषमा सूचीकृत भएका यात्रुले साथमा ल्याउने जुनसुकै टेलिभिजनको भन्सार तिर्नुपर्दैन । तर, कोषमा आबद्ध नभएका र १२ महिना रोजगारी गरेर फर्केकाले भने ३२ इन्चसम्मको टेलिभिजन ल्याउँदा मात्रै भन्सार लाग्दैन ।
यसको अर्थ कोषमा आबद्ध नभएका वैदेशिक रोजगारीबाट फर्केका यात्रुले ३२ इन्चभन्दा ठुलो टेलिभिजन ल्याउँदा भने कर तिर्नुपर्ने कार्यालयले जनाएको छ । वैदेशिक रोजगारीमा गएको १२ महिना नपुगेका र भ्रमणमा गएकाहरूले भने सबै टेलिभिजनमा नियमअनुसारको भन्सार तिर्नुपर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण