वैदेशिक रोजगारीबाट टेलिभिजन ल्याउँदा कर, कोषमा आबद्ध भएकालाई विशेष सुविधा

काठमाडौँ । वैदेशिक रोजगारीमा जाँदा सामाजिक सुरक्षा कोषमा आबद्ध भएकाहरूलाई विशेष सुविधाको घोषणा गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले जारी गरेको एक सूचनाअनुसार सुरक्षा कोषमा आबद्ध भएर रोजगारीमा गएकाले विशेष सुविधा पाउने भएका हुन् ।
कार्यालयका अनुसार श्रम स्वीकृति लिएर लगातार १२ महिना काम गरेर फर्किएका कोषमा सूचीकृत भएका यात्रुले साथमा ल्याउने जुनसुकै टेलिभिजनको भन्सार तिर्नुपर्दैन । तर, कोषमा आबद्ध नभएका र १२ महिना रोजगारी गरेर फर्केकाले भने ३२ इन्चसम्मको टेलिभिजन ल्याउँदा मात्रै भन्सार लाग्दैन ।
यसको अर्थ कोषमा आबद्ध नभएका वैदेशिक रोजगारीबाट फर्केका यात्रुले ३२ इन्चभन्दा ठुलो टेलिभिजन ल्याउँदा भने कर तिर्नुपर्ने कार्यालयले जनाएको छ । वैदेशिक रोजगारीमा गएको १२ महिना नपुगेका र भ्रमणमा गएकाहरूले भने सबै टेलिभिजनमा नियमअनुसारको भन्सार तिर्नुपर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आतङ्क र वार्ता सँगै जान सक्दैन
-
आईपीएल मे १७ बाट फेरि सुरु हुने, यस्तो छ तालिका
-
दलका प्रमुख सचेतकहरूसँग सभामुखको छलफल
-
प्रेस स्वतन्त्रताको नाममा नेपालमा अराजकता बढ्यो: सञ्चारमन्त्री गुरुङ
-
करेन्ट लागि ज्यान गुमाएका अमिनको परिवारलाई पाँच लाख सहयोग
-
अर्थमन्त्री पौडेललाई यातायात व्यवसायीको ध्यानाकर्षण पत्र