आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, मधेस र बागमतीमा अति भारी वर्षा

मङ्गलबार, २३ साउन २०८०, ०६ : १०
मङ्गलबार, २३ साउन २०८०

काठमाडौँ । नेपालमा मनसुनी वायुको साथै बङ्गलादेशको उत्तरी भूभागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको  प्रभाव रहेको छ। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो  देशभर सामान्य देखि पूर्ण बदली  रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका एक दुई स्थानमा  चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। मधेस र बागमती प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशहरूको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा  चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप