एयरलाइन्सलाई सटही सीमा बढ्यो
मङ्गलबार, २३ साउन २०८०, ०६ : ५४
काठमाडौं । नेपाल राष्ट्र बैंकले एयरलाइन्स कम्पनीहरूले सेवा आयात गर्नका लागि पाउने अमेरिकी डलरको सटही सुविधा वृद्धि गरेको छ । सोमवार एकीकृत निर्देशन २०७९ संशोधन गर्दै राष्ट्र बैंकले एयरलाइन्स सञ्चालकहरूले सेवा आयात गर्दा पाउदै आएको ५० हजार डलर सटही सीमा एक लाख पुयाएको हो ।
यसैगरी राष्ट्र बैंकले डकुमेन्ट अगेन्स्ट पेमेन्ट (डिपिए), डकुमेन्ट अगेन्स्ट एसेप्टेन्स (डीएए) मार्फत आयात गर्दा दिँदै आएको सटही सीमा पनि बढाएको छ । निर्देशन अनुसार यसअघि डिपिए र डीएएमार्फत आयात गर्न ५० हजार डलरको सीमा तोकिएकोमा बढाएर ६० हजार पुऱ्याएको छ ।
यसैगरी डिएएमार्फत भारतबाट ३ करोड भारूसम्मको आयात गर्न पाउने व्यवस्था गरिएको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
-
कर्णालीका ३३ पालिकाले ल्याए बजेट
-
मदन भण्डारी कप भलिबल: टिप टप न्यु डायमन्डलाई उपाधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण