एमालेको कार्यालय च्यासलमा बाढी पस्यो, सामान्य क्षति
मङ्गलबार, २३ साउन २०८०, १० : ४९
काठमाडौँ । सोमबार रातिदेखि अविरल वर्षाका कारण मनहरा नदीमा आएको बाढीले एमालेको केन्द्रीय कार्यालयमा क्षति पुर्याएको छ ।
ललितपुरको च्यासलस्थित नदीको बहाव कार्यालय हाताभित्र प्रवेश हुँदा क्षति पुगेको उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।
नदीको बहाव पुलमुनि थुनिँदा पानी माथितिर फर्किएको उनको बुझाइ छ । उनकाअनुसार कार्यालयमा रहेको गार्डेन जलमग्न भएको छ । भौतिक संरचनामा कुनै क्षति नपुगेको उनले जानकारी दिए ।
भारी वर्षापछि आएको बाढीले उपत्यका नदीहरू बागमती, विष्णुमती, रूद्रमती, मनोहरा लगायत नदी किनाराका बस्तीहरू प्रभावित भएका छन् ।
तस्बिर : विष्णु रिमाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग
-
आगोसँग खेल्ने काम नगर्न रास्वपालाई चेतावनी
-
बालेन सरकारको विकल्पका लागि कम्युनिस्ट एकता जरुरी भयो : वक्ताहरू
-
विश्वकपबाट बाहिरिएपछि उरुग्वे टोलीको चार्टर्ड उडान रद्द
-
सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत
-
नेपालको कम्युनिस्ट आन्दोलन नयाँ अवसर र चुनौतीको सङ्घारमा छ : पूर्वराष्ट्रपति भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण