शुक्रबार, १८ जेठ २०८१
ताजा लोकप्रिय

नीतिकथा : लोभले लाभ लाभले विलाप

मङ्गलबार, २३ साउन २०८०, ११ : ०९
मङ्गलबार, २३ साउन २०८०

नेपालीमा एउटा भनाइ छ लोभले लाभ, लाभले विलाप । जुन चीजमा लोभ गरियो थियो त्यो प्राप्त भो लाभ भयो तर दिगो भएन । तत्कालै जसरी आएको थियो त्यसैगरी गयो । लोभको भाँडो उभिन्डो भयो विलापको अवस्थामा पुर्‍यायो । यसो त लोभ मानवीय स्वभाव हो । जति नै गर्न हुन्न भने पनि, नगरौँ भन्दा पनि भइरहेको हुन्छ । अलिकति पनि लोभ नगरी त जीवन नै चल्दैन । त्यसैले लोभ गर्नुहुन्न भन्ने कुरा भन्नका लागि मात्र हुन्छ, यथार्थमा त्यस्तो हुँदैन । कदाचित कसैले त्यस्तो कुरा गर्छ भने त्यो अभिनय हो, फोस्रो आडम्बर हो । किनकि लोभ नगरी बस्नै सकिन्न । अतः लोभ गर्न हुन्न भन्ने होइन गर्नुपर्छ नै भन्ने हो तर त्यति मात्र गर्नुपर्छ भन्ने हो, जति नगरी व्यवहार नै चल्दैन । चाहिने भन्दा बढी लोभ गर्न थाले कति बेला पोखिन्छ र त्यही नै विपत्तिको कारण बन्न पुग्छ । त्यस्तै परे सर्वनाशकै कारण बन्न पनि बेर लाग्दैन । 

धेरै पहिलेको कुरा हो । एकजना पण्डितजी गङ्गाकिनारमा बसेर बिहानको सन्ध्या गर्दै थिए । आहारको  खोजीमा हिँडेको गोही पनि घुमघाम गर्दै त्यहीँ आइपुग्यो । अचानक सन्ध्या गर्न आँखा चिम्लिएर बसेका पण्डितजीलाई देखेर ऊ निकै खुसी भयो तर त्यो खुसी खुसीमै सीमित रह्यो । किनकि पण्डितजी गङ्गा किनारको जुन अग्लो ढुङ्गामाथि बसेका थिए त्यहाँसम्म पुग्ने उसको शक्ति थिएन । तैपनि उसले हिम्मत हारेन र बुद्धिले काम गर्ने विचार गरी त्यतै कतै रहेको केही मोतीको दाना उठाएर पण्डितजी भएतिर हुत्याइदियोे । आँखा खोल्दा अगाडि मोतीको दाना देखेर पण्डितजी छक्क परे । तत्कालै आफूभित्रको लोभ जागा भएर आएकोले यताउता हेर्दै मोतीको दाना सङ्कलन गर्न लागे । 

पण्डितजीको अवस्था देखेर गोहीलाई उनको मनको भाव बुझ्न बेर लागेन र पानीबाट टाउको उठाउँदै भन्यो–

‘आचार्यजी ! सङ्का गर्नुपर्दैन । पहिलो कुरो यहाँ तपार्ईँ र म कोही छैन । त्यसैले कसैले  देख्छन् कि भनेर चिन्ता गर्नुपर्दैन । अर्को कुरा देखी नै हाले पनि फरक पर्दैन । किनकि ती मोती तपाईँकै हो, तपाईँको त्याग र तपस्या देखेर सानो भेट गरेको हुँ । एकाबिहानै तपार्ईँजस्तो वीतरागी महापुरुषको दर्शन पाएर धन्य भएको छु । यस सेवकको तुच्छ भेट ठानेर स्वीकार्नुहुनेछ भन्ने आशा गरेको छु । बरू फुर्सद छ भने त्रिवेणीसम्म पुग्ने बाटो देखाइदिनुभए आभारी हुने थिएँ । त्रिवेणी स्नान गर्न हिँडेको बाटो बिराएर यता आइपुगेछु । यति सहयोग गर्नुभयो भने यस पुन्य कार्यका लागि यो भन्दा पनि बहुमूल्य रत्नहरूको हार उपहार दिनेछु ।’

गोहीको कुरा सुनेर पण्डितजीको मनमा थप लोभ जागेर आयो । उनले प्रशन्नता व्यक्त गर्दै भने–

‘आभारी हुनुपर्ने कुरै के छ बन्धु ! धार्मिक कार्यमा हिडेका रहेछौ  खुसी लाग्यो । यस्तो काममा सहयोग गर्नु धर्मकै कुरा हो । फेरि त्रिवेणी नदेखेको ठाउँ पनि होइन । कैयौँ पटक गइसकेको छु तर गर्ने पो कसरी । ठाउँ टाडा छ, यहाँबाट देखाएर हुँदैन । उहीँ जानुपर्छ तर जाने पो कसरी । आपूmलाई पौडी खेल्न आउँदैन ।’ 

पण्डितको कुरा सुनेर गोही हौसियो । उसले थप चिप्लो घस्दै भन्यो–

‘चिन्ता छैन आचार्यवर ! त्यसको व्यवस्था गर्ने म छँदैछु नि । तपाईँले मेरो पीठमा बसेर बाटो देखाइदिनुहोला । जता भन्नुहुन्छ त्यतै बोकेर लानेछु । वश यति गरे पुग्यो । तपाईँलाई पनि फाइदा मलाई पनि फाइदा ।’

गोहीको कुरा पण्डितजीलाई ठीकै लाग्यो । उनी गएर गोहीको पीठमा बसे, गोहीले आदरपूर्वक बोकेर हिड्यो ।  

गङ्गा आफैँमा ठूलो थियो । त्यसमथि धार त्यत्तिकै कडा । जब गोही नदीको बीचतिर पुग्यो तब निकै नराम्रोसँग हाँस्यो । पण्डितजीले त्यसको आशय बुझ्न सकेनन् र आश्चर्य मान्दै सोधे–

‘वत्स ! निकै ठूलो स्वरले हाँस्यौ नि किन ?’

उनको कुरा सुनेर गोही फेरि एकपटक जोरसित हाँस्यो र निकै ठूलो दार्शनिक जस्तो बनेर भन्न लाग्यो–

‘आचार्यजी ! तपार्इँले विषयवस्तुप्रति बढी लोभ गर्नुहुन्न । अन्यथा कतिबेला सर्वनाशको स्थितिमा पुगिन्छ भनेर जीवनभर अरूलाई उपदेश दिँदै हिँड्नु त भयो तर आफैँमा लागू गर्न भने सक्नुभएन । तपार्ईँको ज्ञानले अरूलाई केकति सहयोग ग¥यो त्यो त थाहा छैन तर तपाईँ आफैँलाई भने सहयोग गरेन । भन्न त ठीकै भन्नुभएको थियो सांसारिक विषयवस्तुमाथिको लोभले एक छिन आनन्द त दिन्छ तर त्यसको लसपस भएपछि यस्तो स्थानमा पु¥याउँछ कि, जहाँ विनाश बाहेक केही पनि हुँदैन । आज तपाईँलाई त्यस्तै भइरहेछ । किनि यसैका कारण सर्वनाशको अवस्थामा पुग्नुभएको छ ।’

यति भनेर गोहीले पण्डितजीलाई एकपटक बेसरी उचालेर पछा¥यो र भोक मेटाउने काम ग¥यो । विचरा पण्डितजीले चाहिनेभन्दा बढी लोभ गर्दा जीवनबाट हात धुनुप¥यो ।

यस कथामा केकति सत्यता छ त्यो थाहा छैन तर अति लोभको परिणाम जहाँ पनि यस्तै हुन्छ भन्ने कुुरा भने सत्य हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप