‘सुम्निमा’मा उपासनाको इन्ट्री
बुधबार, २४ वैशाख २०८२, ११ : ५४
काठमाडौँ । मिलन चाम्सको निर्देशनमा बन्ने फिल्म ‘सुम्निमा’को मुख्य अभिनेत्री उपासना सिंह ठकुरी छानिएकी छन् । प्रेमकथामा आधारित फिल्ममा उनी भित्रिएको निर्देशक चाम्सले जानकारी दिए ।
नेपाली र अङ्ग्रेजी भाषामा निर्माण ‘सुम्निमा’ उपासनाको जोडी भने फाइनल हुन बाँकी छ । युनिभर्सल कथा र अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै बन्न लागेको फिल्म नेपाल र बेलायतमा छायाङ्कन हुनेछ ।
चाम्स इन्टरटेनमेन्ट र गोर्खा फिल्मस्को संयुक्त ब्यानरमा बन्ने फिल्ममा राजीव थापाको कथा र पटकथा रहनेछ । चाम्स निर्देशित पछिल्लो फिल्म ‘अञ्जिला’ले प्रदर्शनको ५१ औं दिन पार गर्न सफल भएको छ । फिल्मको अन्य कलाकार र टिम छिट्टै फाइनल गरेर शुभमुर्हूत समेत गर्ने निर्देशक चाम्सले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन ठगीमा संलग्न ३ भारतीयसहित ४ जना पक्राउ
-
इरानलाई हतियार बिक्री नगर्न रुस र चीनलाई अमेरिकी राष्ट्रपतिको चेतावनी
-
रौतहटमा खुकुरी प्रहार गरेर महिलाको हत्या, ढुङ्गा हानेर आरोपी पक्राउ
-
युरोप डढेलोको चपेटामाः स्पेन र फ्रान्समा हजारौँ मानिसलाई सुरक्षित स्थानमा जान आदेश
-
अभियन्ता वेदिका केसीलाई थुनाबाहिरै राखेर अनुसन्धान गरिँदै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण