आसर्नलविरुद्धको सेमिफाइनल खेलअघि डेम्बेलको आगमनले उत्साही पीएसजी
काठमाडौँ । युरोपियन क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि बुधबार राति फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) र इङ्लिस प्रिमियर लिग क्लब आर्सनलबिच भिडन्त हुँदैछ ।
सेमिफाइनलको दोस्रो लेग खेल पीएसजीको घरेलु मैदानमा नेपाली समय अनुसार, राति १२ः ४५ बजे सुरु हुनेछ । सेमिफाइनलको पहिलो लेग खेलमा पीएसजी आर्सनललाई उसैको घरेलु मैदानमा १–० गोलले हराएको थियो । त्यसैले दोस्रो लेग खेलअघि पीएसजी केही बलियो देखिन्छ ।
सेमिफाइनलको दोस्रो लेगअघि पीएसजीका प्रभावशाली खेलाडी उस्मान डेम्बेल पनि स्वस्थ्य भएर टोलीमा फर्किएका छन् । अग्रपँक्तिका प्रभावशाली फ्रान्सेली खेलाडी डेम्बेल फर्किएपछि पीएसजी थप उत्साही देखिएको छ ।
यसअघि सेमिफाइनलको पहिलो लेग खेलमा पनि पीएसजीलाई जित दिलाउन डेम्बेलले नै निर्णायक गोल गरेका थिए । पीएसजीका प्रशिक्षक लुइस एनरिकले डेम्बेल दुई दिनअघि नै नियमित अभ्यासमा फर्किएको जनाएका छन् ।
‘डेम्बेलले साथीहरुसँग नियमित अभ्यास गरिरहेका छन् । उनी सेमिफाइनलको दोस्रो लेगका लागि टोलीमा रहने छन् । यो खेल हाम्रा लागि निकै महत्वपूर्ण छ र हामीले डेम्बेलबाट उत्कृष्ट प्रदर्शनको आशा गरेका छौँ,’ प्रशिक्षक एनरिकले भनेका छन् ।
२७ वर्षीय डेम्बेल सेमिफाइनलको पहिलो लेग खेलका क्रममा घाइते भएका थिए । त्यसैले उनी फ्रेन्च लिगको गत साता खेलिएको स्ट्रासबर्गविरुद्धको खेलमा टोलीमा सहभागी थिएनन् । डेम्बेलले च्याम्पियन्स लिगको नौ खेलमा आठ गोल गरिसकेका छन् ।
पीएसजीका डिफेन्डर अशरफ हकिमीले पनि डेम्बेल सेमिफाइनलको दोस्रो लेगका तयार रहेको बताएका छन् । ‘उनी (डेम्बेल) सेमिफाइनलको दोस्रो लेग खेल्न उत्साही छन् । दर्शक पनि उनको खेल हेर्न आतुर छन्,’ हकिमीले भनेका छन् ।
पीएसजी र आर्सनलबिच हुने सेमिफाइनल खेलको विजेताले उपाधिका लागि इटालियन क्लब इन्टर मिलानसँग भिडन्त गर्नेछ । इन्टर मिलान भने सेमिफाइनलमा बलियो स्पेनिस प्रतिद्वन्द्वी बार्सिलोनालाई हराउँदै फाइनलमा पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण