अमेरिकाले यमनमा बमबारी बन्द गर्ने
वासिङटन डीसी । अमेरिकाले अब यमनका हुथी विद्रोहीहरूमाथि बमबारी गर्न बन्द गर्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार हुथी विद्रोहीहरू विरुद्ध लगभग दुई महिनादेखि जारी अमेरिकी हवाई आक्रमण रोक्न आदेश दिएका छन् ।
हुथी विद्रोहीहरूले अब लड्न नचाहेको बताएकाले आफूले यो निर्णय लिएको ट्रम्पले बताए । हुथीहरूले समुद्री करिडोरमा जहाजहरूमाथि आक्रमण गर्न बन्द गर्ने वाचा गरेको उनले बताएका छन् ।
ओभल अफिसमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीसँगको भेटघाटमा ट्रम्पले यो घोषणा गरेका हुा् । ‘हामी तुरुन्तै लागू हुने गरी हुथीहरूमाथि बमबारी बन्द गर्नेछौं । हुथीहरूले अमेरिकी अधिकारीहरूलाई अब लड्न नचाहेको संकेत दिएका छन् । हामी त्यसको सम्मान गर्नेछौं, र हामी बमबारी बन्द गर्नेछौँ’ ट्रम्पले भनेका छन् ।
गाजा पट्टीमा नाकाबन्दीको बदला लिन हुथी विद्रोहीहरूले समुद्रमा इजरायली जहाजहरूमा आक्रमण गर्ने धम्की दिएपछि अमेरिकाले मार्चमा हुथी विद्रोहीहरूमाथि बमबारी सुरु गरेका थिए । आवश्यक परेमा शक्तिशाली आक्रमण गर्ने उनले त्यति बेला नै भनेका थिए । चेतावनीको असर लाल सागर, एडेनको खाडी, बाब अल–मन्डेब जलडमरू र अरब सागरमा पर्ने बताइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण