अमेरिकाले यमनमा बमबारी बन्द गर्ने

वासिङटन डीसी । अमेरिकाले अब यमनका हुथी विद्रोहीहरूमाथि बमबारी गर्न बन्द गर्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार हुथी विद्रोहीहरू विरुद्ध लगभग दुई महिनादेखि जारी अमेरिकी हवाई आक्रमण रोक्न आदेश दिएका छन् ।
हुथी विद्रोहीहरूले अब लड्न नचाहेको बताएकाले आफूले यो निर्णय लिएको ट्रम्पले बताए । हुथीहरूले समुद्री करिडोरमा जहाजहरूमाथि आक्रमण गर्न बन्द गर्ने वाचा गरेको उनले बताएका छन् ।
ओभल अफिसमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीसँगको भेटघाटमा ट्रम्पले यो घोषणा गरेका हुा् । ‘हामी तुरुन्तै लागू हुने गरी हुथीहरूमाथि बमबारी बन्द गर्नेछौं । हुथीहरूले अमेरिकी अधिकारीहरूलाई अब लड्न नचाहेको संकेत दिएका छन् । हामी त्यसको सम्मान गर्नेछौं, र हामी बमबारी बन्द गर्नेछौँ’ ट्रम्पले भनेका छन् ।
गाजा पट्टीमा नाकाबन्दीको बदला लिन हुथी विद्रोहीहरूले समुद्रमा इजरायली जहाजहरूमा आक्रमण गर्ने धम्की दिएपछि अमेरिकाले मार्चमा हुथी विद्रोहीहरूमाथि बमबारी सुरु गरेका थिए । आवश्यक परेमा शक्तिशाली आक्रमण गर्ने उनले त्यति बेला नै भनेका थिए । चेतावनीको असर लाल सागर, एडेनको खाडी, बाब अल–मन्डेब जलडमरू र अरब सागरमा पर्ने बताइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिलमा पहिलो पटक व्यक्तिलाई लैंगिक रुपमा तटस्थ घोषित
-
भारत–पाकिस्तान तनाव : अमृतसर विमानस्थल बन्द, विद्यालयहरू पनि बन्द
-
अमेरिकाले अहिलेसम्म पठाएन पत्र, के होला एमसीसी परियोजना ?
-
पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार
-
मलाई प्यारो छ मेरो जन्मभूमि
-
गलत तरिकाले खुसीयाली मनाउँदा अप्ठ्यारोमा परे कोलकाताका बलर वरुण चक्रवर्ती