रिलायन्स स्पिनिङ मिल्सले ९ महिनामा कमायो ३२ करोड ४२ लाख नाफा, ईपीएस २५ रुपैयाँ
काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा वित्तीय अवस्थामा सुधार गरेको छ ।
कम्पनीले बुधवार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीले चालु आवको चैतसम्ममा ३२ करोड ४२ लाख ९६ हजार रुपैयाँ खुद नाफा गरेको छ ।
रिलायन्सले गत आर्थिक वर्षमा ५ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो । तर चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीले गत आर्थिक वर्षभर गरेको नाफाभन्दा साढे ६ गुणा बढी नाफा गरेको छ ।
९ महिनामा कम्पनीको कुल नाफा १ अर्ब २ करोड ८५ लाख ७ हजार रुपैयाँ छ । गत आवको असारसम्ममा कम्पनीको कुल नाफा ८६ करोड ५० लाख ६० हजार रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) २५ रुपैयाँ ४९ पैसा पुगेको छ । यसअघि चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको इपीएस २२ रुपैयाँ १९ पैसा र पहिलो त्रैमासमा १९ रुपैयाँ ९५ पैसा रहेको थियो । गत आर्थिक वर्षको असारमा कम्पनीको इपीएस २ रुपैयाँ ९५ पैसा थियो ।
९ महिनामा रिलायन्स कम्पनीले ७ अर्ब ३९ करोड १७ लाख ३७ हजार रुपैयाँको व्यापार गरेको छ । गत आवको असारसम्ममा कम्पनीको व्यापार ९ अर्ब २० करोड ६० लाख रुपैयाँ थियो । कम्पनीको अन्य आम्दानी ४ करोड २७ हजार रुपैयाँ छ । चालु आवको चैतसम्ममा कम्पनीको करतिरेपछिको नाफा ३२ करोड ४२ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।
वि.सं. २०५४ मा स्थापना भएको रिलायन्स स्पिनिङ्स मिल्स लिमिटेडले स्थापनाको २७ वर्षसम्ममा ४ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । कम्पनी बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने प्रक्रियामा समेत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण