आदिवासी जनजातिको माग सम्बोधन गर्न कांग्रेसले सक्दो सहयोग गर्नेछ : सभापति देउवा

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारसँग आदिवासी, जनजातिहरुको माग सम्बोधन गराउन आफ्नो पार्टीले सक्दो सहयोग गर्ने बताएका छन् ।
सभापति देउवाले नेपाललाई सबै समुदायको समानुपातिक समावेशी देशको रुपमा विकास गर्न प्रयत्न गर्ने आश्वासन समेत दिए । विश्व आदिवासी दिवसको अवसर पारेर मंगलबार काठमाडांैमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसलाई सबै जाति, जनजातिको पार्टी हुनेगरी समानुपातिक प्रतिनिधित्व गराउने बताए । आदिवासी जनजातिहरुको भाषा, कला र संस्कृतिलाई हेरेपछि नेपालमा के छैन ? भन्ने अनुभूति आफूलाई हुने गरेको उल्लेख गर्दै उनले उनीहरुलाई साथ दिन आफूहरु सदैव लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
सभापति देउवाले आदिवासी, जनजाति समुदायलाई विश्व जनजाति दिवसको शुभकामना पनि व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कपिलवस्तुमा अवैध उत्खनन् रोक्न माग गर्दै जनमोर्चाले बुझायो ज्ञापनपत्र
-
अनामनगरबाट १० जना जुवाडे पक्राउ
-
हुम्लाको लिमी उपत्यकाको तील गाउँ हिम पहिरोको उच्च जोखिममा, तस्बिरमा हेर्नुहोस्
-
पशुपति विकास कोषको पालेघरमा जुवाखाल, ७ जना पक्राउ
-
केएल राहुलको शतक, दिल्लीले दियो २ सय रनको लक्ष्य
-
उत्तरी हुम्लाको तिलगाउँ पहिरोले क्षतविक्षत, नागरिक राहत र उद्धारको पर्खाइमा