सुरुमा सिमकार्ड मागे, त्यसपछि अश्लील कल र तस्बिर छरपस्ट !
काठमाडौँ । दैलेखको महाबु गाउँपालिका वडा नम्बर २ स्थायी वतन भएका २९ वर्षीय तुलाराम सारूले एक महिलासँग सिमकार्ड मागे ।
महिलाले सञ्चालन गरेको पसलमा सामान खरिद गर्न आइरहन्थे सारु । सोही क्रममा परिचय भएपछि एक दिन महिलालाई सारुले भने, ‘मसँग सिम कार्ड छैन । निकाल्नको लागि नागरिकता पनि छैन ! फोन चलाउन तिम्रो सिम कार्ड दिनु पयो !’
त्यसपछि महिलाले पनि विश्वास गरी आफैँले प्रयोग गर्दै आएको आफ्नो नामको मोबाइलको सिम कार्ड प्रयोग गर्न दिइन् ।
आफूले विश्वास गरेर सिमकर्ड दिएको व्यक्तिले महिलालाई फेसबुकमा साथी बनाए । त्यसपछि हुन थाल्यो माया प्रेमको कुरा । तर प्रेमको नाटक गर्दै विवाह गर्ने भन्दै उनले विभिन्न दबाब र धम्की दिई म्यासेन्जरको भिडियो कलमा अश्लील हर्कत गर्न बाध्य बनाए ।
‘सो क्रियाकलापको मेरो जानकारी बिना स्क्रिन रेकर्ड गरी पटक–पटक अश्लील कल गर ! भनि जहिले पनि र जुन सुकै समयमा दबाब र धम्की दिई दुःख हैरानी दिन थालेपछि, मैले निजको सो प्रोफाइ ब्लक गरी बसेकी थिएँ’, पीडितले नेपाल प्रहरीको साइबर ब्युरोमा दिएको उजुरीमा उल्लेख छ ।
प्रोफाइल ब्लक पश्चात् पनि सारुले नक्कली फेसबुक प्रोफाइलबाट उनको चरित्र हत्या गर्न थाले । कतिसम्म भने अश्लील तस्बिरहरू उनले पीडित महिलाका आफन्त तथा साथी भाइहरूले प्रयोग गर्ने फेसबुकको म्यासेन्जरमा पठाइदिन थाले । त्यसपछि बाध्य भएर कानुन बमोजिम कारबाहीका लागि पीडित महिलाले ब्यूरोमा निवेदन दिएकी हुन् ।
ब्युरोले प्राविधिक अनुसन्धान र विश्लेषणपछि सारूलाई पक्राउ गरेको हो । उनीमाथि काठमाडौं जिल्ला अदालतको आदेशले पाँच दिन म्याद लिएर आवश्यक अनुसन्धान कार्य भइरहेको ब्युरोका प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिए ।
ब्युरोले आफ्नो नाममा जारी सिमकार्ड, नागरिकता, पासपोर्ट र बैंकिङ सामाग्री लगायतका व्यक्तिगत सामाग्री तथा विवरणहरू अरूलाई अनावश्यक उपलब्ध नगराउन पनि आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण