चीनको हेबई प्रान्तमा बाढीबाट २९ जनाको मृत्यु, १७ लाख विस्थापित
बेइजिङ । चीनको हेबेई प्रान्तमा बाढीले ठुलो क्षति पुर्याएको छ । भारी बाढीका कारण हेबेई प्रान्तमा हालसम्म २९ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् ।
चीनको आधिकारिक मुखपत्र ग्लोबल टाइम्सका अनुसार बाढीका कारण हेबेईबाट १७ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । साथै, चीनको हेबेई प्रान्तमा प्राकृतिक प्रकोपका कारण करिब ९५.८११ अर्ब युआनको क्षति भएको अनुमान गरिएको छ । चीनले बाढीको क्षतिपछि पुनर्निर्माण गर्न करिब दुई वर्ष लाग्न सक्छ।
चीनको अर्थ मन्त्रालय र आपत्कालीन व्यवस्थापन मन्त्रालयले बाढी पीडितका लागि १ अर्ब ४६ करोड युआन राहत दिने घोषणा गरेको छ । यो रकम बेइजिङ, तियानजिन, हेबेई, जिलिन र हेइलोङजियाङका बाढी प्रभावित जनतालाई वितरण गरिने छ । चीनको केन्द्रीय सरकारले बाढी नियन्त्रण तथा विपद् व्यवस्थापनका लागि कूल ७ अर्ब ७ करोड युआन निकासा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
-
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण