वर्षमानको दृष्टान्त दिँदै प्रचण्डले भने–कसैमाथि प्रश्न उठे प्रस्ट पार्नुपर्छ, कल डिटेल्स नयाँ कुरा भयो
काठमाडौँ । आइतबार साँझ केही मन्त्रीसहित बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा सुन तस्करी प्रकरणमा पार्टी नेताहरुसमेत जोडिएको विषयमा छलफल भएको छ ।
बैठकमा छलफलको प्रमुख एजेण्डा मन्त्रिमण्डल हेरफेरको भएपनि त्यो बाहेक सुन तस्करी प्रकरणमा पार्टीकै नेताहरु समेत मुछिएका खबरहरू सार्वजनिक भएको भन्दै केही नेताहरुले जिज्ञासा राखेका थिए ।
त्यसक्रममा नेताहरुले उपाध्यक्ष कृष्णबहादुर महरा र सुन तस्करीमा संलग्न चिनियाँ नागरिकबीचको टेलिफोन संवादबारे सार्वजनिक कल डिटेल्सबारे पार्टीको धारणा प्रस्ट हुनुपर्नेमा जोड दिएका थिए ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले पार्टी नेता वा जोसुकैमाथि पनि प्रश्न उठेपछि प्रस्ट पारेर अनुसन्धानमा सहजीकरण गर्नुपर्ने बताएका थिए ।
‘कल डिटेल्सले ल्याएको स्थिति हाम्रा लागि पनि नयाँ कुरा भयो । कसैको बारेमा पनि इस्यु वा प्रश्न उठेको छ भने पहिला सम्बन्धित व्यक्तिले नै प्रस्ट पार्नुपर्छ । अहिले भ्रष्टाचार र तस्करीविरुद्ध सरकारले जो अभियान चलाएको छ त्यो ठिक छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै माओवादीका एक पदाधिकारील भने, ‘जसरी वर्षमान पुन अनन्तजीमाथि प्रश्न उठ्यो उहाँले आफै प्रस्ट गर्दिनुभयो । उहाँले आफूमाथि पनि अनुसन्धान गरियोस् भनेर भन्नुभयो यसले सजिलो भएको छ ।’
छलफलका क्रममा प्रचण्डले नेता वर्षमान पुनको दृष्टान्त दिँदै भनेका थिए, ‘पछिल्लो समयसम्म आइपुग्दा जजसको बारेमा प्रश्न उठेको छ उसले पहिला प्रस्ट पार्ने होकि ? अनुसन्धान गर्न भन्ने हो कि ? या गल्ती भएको छ भने स्वीकार गर्ने हो ? यो हुनुपर्छ ।’
प्रचण्डले पार्टी नेताहरुका बारेमा प्रश्न उठ्दैमा अनुसन्धान प्रक्रिया नरोकिने भन्दै बरु प्रश्न उठेकाहरुले सहजीकरण गर्नुपर्नेमा जोड दिएका थिए । ‘यो अभियान रोक्ने कुरा हुँदैन, गठबन्धनलाई सुदृढ गर्दै अभियानलाई पनि अघि बढाउने नै हो’, प्रचण्डको भनाई थियो ।
इलेक्ट्रिक सिगरेट (भेप) भित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग महरा र उनका छोरा राहुलको नाम जोडिँदै आएको छ । यो प्रकरणमा जोडिएका उपाध्यक्ष कृष्णबहादुर महरा भने आइतबारको बैठकमा सहभागी थिएनन् ।
बैठकमा उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री नारायाणकाजी श्रेष्ठले साउन २ गते सिनामंगलबाट बरामद तस्करीको सुन र त्यसमा संलग्नहरुबारे जरैसम्म पुगेर अनुसन्धान भइरहेको ब्रिफिङ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्यमा सामान्य गिरावट
-
निजी अस्पताल र क्लिनिकहरूमा स्तनपान कक्ष अनिवार्य स्थापना गर्न निर्देशन
-
संविधान आएको एक दशक बित्यो तर आएन स्थानीय अदालत
-
राहदानी खरिद प्रकरणमा जर्मनीको स्पष्टीकरण : कुनै विरोध पत्र वा चेतावनी दिइएको छैन
-
लायन्स क्लब डिस्ट्रिक्ट ३२५ केद्वारा रानीबन क्षेत्रमा सरसफाइ
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण