सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोले पृथ्वी राजमार्ग फेरि अवरुद्ध

सोमबार, २९ साउन २०८०, ०८ : २७
सोमबार, २९ साउन २०८०

तनहुँ । पहिरोका कारण पृथ्वी राजमार्ग फेरि अवरुद्ध बन्न पुगेको छ । सोमबार बिहान पौने ७ बजे तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ६ मौरीबजारस्थित पृथ्वी राजमार्ग सडक खण्डमा पहिरो खसेको हो । 

अबिरल वर्षाको कारण सडक माथिबाट पहिरो खस्न गई सडक पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

उक्त पहिरो हटाउनका लागि स्थानीय पालिका, विपत व्यवस्थापन प्रहरी जनशक्ती र चाइनिज कम्पनीसँग आवश्यक समन्वय भइरहेको प्रहरीको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप