सुन तस्करी धेरै भयो, कर तिरेर खुला गर्नुपर्छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले सुन तस्करी धेरै हुन थालेको बताएका छन् ।
कांग्रेस संसदीय दलको बैठकमा बोल्दै देउवाले तस्करी रोक्न भए पनि कर तिरेर खुला गर्ने व्यवस्था गर्नुपर्ने बताएका हुन् । ‘कर तिरेर यो सुन खुल्ला गर्ने व्यवस्था गर्नुपर्छ । यसले तस्करी रोक्न मदत गर्छ’, देउवाको भनाइ छ । उनले नेताहरूको आलोचना गर्न पाइने पनि बताएका छन् । तर उनले पार्टीको अनुशासनभन्दा बाहिर गएर बोल्ने कुरा राम्रो नहुने भन्दै नेताहरूलाई जथाभाबी नबोल्न चेतावनी दिएका छन् ।
बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कांग्रेस दलको बैठकले प्रमुख प्रतिपक्ष दललाई सदन खुलाउन आग्रह गरेको बताए । सांसदका दुई सदन लामो समयदेखि अवरुद्ध भएको भन्दै उनले सांसदले सरकारलाई जबाफदेही बनाउनुपर्ने पनि बताए । ‘संसद् जनताप्रति जबाफदेही हुनुपर्छ । संसद् अवरुद्ध गर्नु गैर जिम्मेवारी काम हो । लामो
समयसम्म संसद् अवरुद्ध गर्नु राम्रो होइन । प्रमुख प्रतिपक्षीलाई संसद्लाई खुलाउन यो बैठक आग्रह गर्दछ’, लेखकको भनाइ छ । साथै उनले सुन तस्करीमा सरकारले गहिरोसम्म पुरेर छानबिन गर्नुपर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरी हुम्लाको तिलगाउँ पहिरोले क्षतविक्षत, नागरिक राहत र उद्धारको पर्खाइमा
-
‘एमाले–कांग्रेस समीकरण आगामी निर्वाचनसम्मै कायम रहन्छ’
-
मुलुकको आर्थिक अवस्थालाई केन्द्रमा राखेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने भन्दै रिट, सर्वोच्चको कारण देखाऊ आदेश
-
६३ दिनदेखि इटहरीकी शाखा अधिकृत बेपत्ता, लाखौँ रकम लिएकी थिइन् सापटी
-
मेरो व्यक्तिगत प्रतिष्ठा र राजनीतिक मर्यादामा आघात पुर्याइयो : विष्णु पन्थी
-
मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा पक्राउ