सुन तस्करी धेरै भयो, कर तिरेर खुला गर्नुपर्छ : सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले सुन तस्करी धेरै हुन थालेको बताएका छन् ।
कांग्रेस संसदीय दलको बैठकमा बोल्दै देउवाले तस्करी रोक्न भए पनि कर तिरेर खुला गर्ने व्यवस्था गर्नुपर्ने बताएका हुन् । ‘कर तिरेर यो सुन खुल्ला गर्ने व्यवस्था गर्नुपर्छ । यसले तस्करी रोक्न मदत गर्छ’, देउवाको भनाइ छ । उनले नेताहरूको आलोचना गर्न पाइने पनि बताएका छन् । तर उनले पार्टीको अनुशासनभन्दा बाहिर गएर बोल्ने कुरा राम्रो नहुने भन्दै नेताहरूलाई जथाभाबी नबोल्न चेतावनी दिएका छन् ।
बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कांग्रेस दलको बैठकले प्रमुख प्रतिपक्ष दललाई सदन खुलाउन आग्रह गरेको बताए । सांसदका दुई सदन लामो समयदेखि अवरुद्ध भएको भन्दै उनले सांसदले सरकारलाई जबाफदेही बनाउनुपर्ने पनि बताए । ‘संसद् जनताप्रति जबाफदेही हुनुपर्छ । संसद् अवरुद्ध गर्नु गैर जिम्मेवारी काम हो । लामो
समयसम्म संसद् अवरुद्ध गर्नु राम्रो होइन । प्रमुख प्रतिपक्षीलाई संसद्लाई खुलाउन यो बैठक आग्रह गर्दछ’, लेखकको भनाइ छ । साथै उनले सुन तस्करीमा सरकारले गहिरोसम्म पुरेर छानबिन गर्नुपर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण