कर्णालीका नागरिकलाई हवाई भाडामा सहुलियत दिन माग
काठमाडौँ । कर्णाली पर्यटन उद्यमी समाजले दिउँसो १२ बजेपछि कर्णालीमा हवाई उडान हुन नदिने नागरिक उड्डयन प्राधिकरणको निर्णयलाई सच्याउन माग गरेको छ ।
मंगलबार काठमाडौँमा एक अन्तरक्रियाको आयोजना गर्दै कर्णाली पर्यटन उद्यमी समाजले अनुकूल मौसम हुँदा पनि दिउँसो १२ बजेपछि कर्णालीमा हवाई उडान हुन नदिने निर्णय गरिएको भन्दै सो निर्णय तत्काल सच्याउन नागरिक उड्डयन प्राधिकरणसँग माग गरेको हो ।
प्राधिकरणको सो निर्णयले कर्णालीका आम जनता, विद्यार्थी, कर्मचारी, पर्यटक तथा दैनिक उपभोग्य सामग्रीको ओसार–पसारमा समस्या भएको कर्णाली पर्यटन उद्यमी समाजका अध्यक्ष देवीकृष्ण रोकायाले बताए । मौसम अनुकूल भएको बेलामा दिनभर उडान गर्न सक्नेगरी निर्णय गरिदिनुपर्ने उनले बताए ।
त्यसैगरी हवाई टिकटमा १३ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था हटाउन पनि समाजले माग गरेको छ । कर्णालीका नागरिकहरुको हवाई सेवा बाहेक अरु विकल्प नभएको भन्दै अध्यक्ष रोकायाले बिरामी, शव, खाद्यान्न सामग्रीमा समेत कर तिर्नुपर्ने बाध्यतालाई हटाउन सरकार समक्ष माग गरिएको बताए ।
त्यसैगरी भारतीय पर्यटकहरुलाई नेपाली बाटो हुम्लाको हिल्सा हुँदै मानसरोबरसम्म जान दिनका लागि चिन सरकारसँग कुटनीतिक पहल गर्न सरकारसँग माग गरिएको छ । अध्यक्ष रोकायाले कर्णालीका हिमालहरु पहिचान गरी पर्यटकहरुलाई आरोहणका लागि खुला गर्नुपर्ने बताए । कर्णालीको समग्र विकासका लागि रारा पर्यटन विकास प्राधिकरण वा कर्णाली विकास बोर्डको स्थापना गर्नुपर्ने पनि उनको भनाई छ ।
त्यस्तै कर्णालीमा सेवा दिँदै आएका विमान कम्पनीहरुलाई हवाई इन्धन, ल्यान्डिङ, पार्किङ र करमा विशेष छुट दिई सहुलियत भाडा दर कायम गराउनुपर्ने पनि माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण